खानेपानीमा कोलिफर्म र इकोली फेला  « Khabarhub

खानेपानीमा कोलिफर्म र इकोली फेला 


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट– हुम्लाको सदरमुकाम सिमकोटको खानेपानीमा कोलिफर्म र इकोली भेटिएको छ । सिमकोट बजार, वडा नं ५ र ६ का लागि आपूर्ति हुँदै आएको खानेपानी योजनाको मुहान, इन्टेक र धाराको पानी परीक्षण गर्ने क्रममा उक्त जीवाणु भेटिएको स्वास्थ्य सेवा कार्यालयका ल्याब इन्चार्ज भक्ति फडेराले बताए । पहिलो पटक परीक्षण गर्दा सो जीवाणु देखिएको हो । 

त्यसैगरी सिमकोट–६ को मुग्रधाराको पानी परीक्षण गर्दा सो जीवाणु देखिएको थियो । पानी परीक्षण गर्ने स्वास्थ्यकर्मीको टोलीले वडा नं ३ को लाङ्दु गाउँको खानेपानीको मुहानमा परीक्षण गर्दा नदेखिएको तर व्यक्तिको घरको धारामा भने देखिएको जनाएको छ ।

सिमकोट गाउँपालिकाका स्वास्थ्य संयोजक नर भण्डारीले मानिसको लागि प्रयोग योग्य पानी नभएको कारण यसलाई उमालेर वा फिल्टर गरेर मात्र प्रयोग गर्न आग्रह गरे । हाल सिमकोटमा झाडापखाला, टाइफाइड र आउँ जस्ता रोगका बिरामी देखिनुको कारण उक्त पानीको प्रयोग हुनसक्ने संयोजक भण्डारीले बताए ।

युनिसेफको आर्थिक सहयोगमा सञ्चालित खानेपानी तथा सरसफाइ स्वच्छता कार्यक्रम (वास) का संयोजक जङ्गबहादुर रोकायाले हाल पानी परीक्षण गर्ने ‘वाकटेक’ मेसिनसहित जनशक्तिलाई तालिम दिएपछि पानी परीक्षणमा सहज भएको बताए । अब गाउँपालिकाका सबै वडाका बस्तीमा मेसिनसहित जनशक्ति पुगेर परीक्षण गरिने छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाले नयाँ खानेपानी योजना निर्माण गर्दा पानीको अनिवार्य प्रयोगशाला परीक्षणपछि मात्र निर्माण गरिने जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ३ : ३१ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी