मधेस प्रदेश : उद्योग, वाणिज्य तथा हित संरक्षण निर्देशनालय खारेज « Khabarhub

मधेस प्रदेश : उद्योग, वाणिज्य तथा हित संरक्षण निर्देशनालय खारेज


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेश सरकारले जनकपुरधाममा सञ्चालित उद्योग, वाणिज्य तथा हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ । मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले निर्देशनालय खारेज गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

यस्तै बैठकले पर्साको वीरगञ्जमा उद्योग विभाग स्थापना गर्ने र सिरहाको लहान, धनुषाको जनकपुरधाम तथा पर्साको वीरगञ्जमा एक/एकवटा गरी तीन वटा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको मन्त्री साहले बताए । 

प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटन विकास कार्यालय स्थापना गर्ने घोषणा गरेको थियो ।  

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ४ : ३४ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय