सर्लाहीमा घाँटी रेटिएको अवस्थामा युवकको शव फेला « Khabarhub

सर्लाहीमा घाँटी रेटिएको अवस्थामा युवकको शव फेला


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको हरिपूर्वामा एक जना युवकको हत्या भएको छ । हरिपूर्वा नगरपालिका–३, धनकौल टोल बस्ने रामसोगारथ रायको छोरा १८ वर्षीय सुशीलकुमार यादवको हत्या भएको हो । 

सुशीलको शव सोमबार बिहान गाउँकै आधारभूत विद्यालय धनकौलको चर्पी निर्माणका लागि खनिएको खाल्डोमा फेला परेको प्रहरीले जनाएको छ । धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा शव फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे अध्ययन गरिरहेको जनाएको छ । भारतमा मजदुरी गर्ने सुशील केही दिनअघि मात्रै घर आएका थिए । गत शुक्रबारदेखि उनी घरबाट बेपत्ता भए पनि परिवारले प्रहरीलाई खबर गरेको थिएन ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ६ : ०५ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक