विकासका लागि नगरपालिकाको एडिबीसँग छलफल « Khabarhub

विकासका लागि नगरपालिकाको एडिबीसँग छलफल


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको विकासका लागि एसियाली विकास बैंक (एडिबी) सँग छलफल गरिएको छ ।

सोमबार सिद्धार्थनगर नगरपालिकामा विकासका योजना सञ्चालनका लागि नगरपालिका र एडिबीबीच छलफल भएको हो ।

छलफलको क्रममा एडिबीको वरिष्ठ सहरी विकास विज्ञ लक्ष्मी शर्माले एडिबीले सञ्चालन गर्ने योजना लगायतका विषयमा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

त्यस्तै नगरपालिकाको तर्फबाट योजना प्रमुख जीवन अर्यालले नगरको विकासका लागि डण्डा करिडोर, बेलहिया स्थित सवारीसाधनको पार्किङ सहितको व्यावसायिक भवन, रिङ्गरोड, सडक निर्माण लगायत योजनहरू सञ्चालन गर्न सकिने विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

‘नगरको विकासका लागि एडिबीसँग भएको छलफल सकारात्मक रह्यो’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले भने, ‘छिट्टै नै नगरमा पूर्वाधार विकासका योजनाहरू सञ्चालन हुनेछन् ।’

नगरको फोहोर मैला व्यवस्थापनका लागि पनि छलफल भएको छ । विगतमा जग्गा अभावमा योजना सञ्चालन हुन नसकेको र जग्गा प्राप्त भएमा योजना सञ्चालन गर्न सकिने एडिबीको वरिष्ठ सहरी विकास विज्ञ शर्माले बताइन् ।

उनले फोहोर मैला व्यवस्थापनका लागि विगतमा उपलब्ध गराइएको डिपिआर लगायत कागजपत्रहरू अपडेट गरेर पुनः उपलब्ध गराउन नगरपालिकालाई आग्रह गरिन् ।

नगर प्रमुख खानले नगरको विकासका लागि आफ्नो एकल प्रयासले मात्रै नभई सबै सरोकारवालाहरूको साथ र सहयोग आवश्यक रहेको बताए । उनले सबैको सहयोग पाए केही वर्षमै नगर मुलुककै नमुना नगरको रूपमा स्थापित गर्न सकिने बताए ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ६ : २४ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी