अस्पताल व्यवस्थापन समिति सदस्य भट्टद्वारा बैठकको भत्ता बिरामीलाई प्रदान | Khabarhub Khabarhub

अस्पताल व्यवस्थापन समिति सदस्य भट्टद्वारा बैठकको भत्ता बिरामीलाई प्रदान


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

धनगढी– सेती प्रादेशिक अस्पताल व्यवस्थापन समिति सदस्य डिल्ली राज भट्टले बैठकबाट प्राप्त भत्ता बिरामीलाई प्रदान गरेका छन् ।

अस्पतालको सेवा सुधार विस्तारमा अहोरात्र खटिएका भट्टले बैतडीका एक बिरामीलाई आर्थिक सहयोग गरेका हुन् । बैतडी घर भई सेती प्रादेशिक अस्पतालमा उपचारका लागि आएका ५२ वर्षीय जयबहादुर चन्दलाई आर्थिक सहयोग गरेको भट्टले बताए ।

‘मैले अस्पतालबाट प्राप्त हुने भत्ता सधैँ विपन्न नागरिकहरूलाई नै प्रदान गर्ने गरेको छु । मलाई अस्पतालको गुणस्तर वृद्धिमा मात्रै केन्द्रित हुनु छ । सबैले सेती प्रादेशिक अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा पाउन भन्ने मेरो चाहना रहेको छ,’ भट्टले भने ।

स्वास्थ्य सेवा प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएकाले कुनै पनि नागरिक स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुन नहुने भट्टको तर्क छ । उनले अस्पतालमा आएका बिरामीलाई कुनै समस्या भए जुनसुकै समयमा पनि आफूलाई खबर गर्न आग्रह गरेका छन् ।

‘म सधैँ बिरामीको साथमै रहने छु । गुणस्तरीय स्वास्थ्य मात्र नभएर सरसफाइ र बिरामीमा कुरुवाको व्यवस्थापनका बारेमा पनि ध्यान दिइरहेका छौं,’ भट्ट भन्छन् । उनले आगामी दिनमा पनि आफूले प्राप्त गरेको भत्ता विपन्न बिरामीहरूलाई प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ६ : ४१ बजे

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं– सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज (मंगलबार) बस्दैछ ।

आज ४३औँ बीपी स्मृति दिवस मनाइँदै

काठमाडौं– प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३औँ स्मृति दिवस आज

भारतविरुद्धको युवा टेस्टमा इंग्ल्यान्डका एकांशको शतक

काठमाडौं – वर्षाले प्रभावित भारत र इंग्ल्यान्डको दोस्रो टेस्टमा एकांश

गाजामा मान्छे मार्नेक्रम नरोकिएपछि २७ देशले गरे इजरायलको निन्दा

लण्डन – बेलायतसहित २७ देशले गाजामा जारी युद्ध तत्काल अन्त्य

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय