बर्दिवास आगलागीमा करोडाैको क्षति | Khabarhub Khabarhub

बर्दिवास आगलागीमा करोडाैको क्षति


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको बर्दिवास नगरपालिका–१ को मुख्यचोकमै आज आगलागी भएको छ ।  व्यापारिक प्रतिष्ठान रहेको तीन तले भवनको माथिल्लो तलामा आगो सल्केको हो । विद्युत् चुहिएर (सर्ट भएर) आगलागी भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । 

मोहम्मद फारुकको सो भवनको दोस्रो तलामा सिद्धार्थ बैंकको शाखा रहको छ । तलको तलामा अन्य व्यापारिक प्रतिष्ठान छन् । यद्यपि आगोले माथिल्लो तलाको जिमखानामा मात्र क्षति पुर्‍याएको छ । अभिषेक झाले सञ्चालन गरेका जिमखानाका सबै सामग्री जलेर खरानी भएका छन् । जिमखाना सञ्चालकलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (प्रनाउ) रवि रावलले आगलागीबाट करिब एक करोडको क्षति भएको जानकारी दिए ।

माथिल्लो तलामा धुँवा देखिएपछि वरपरका व्यापारी र बजारु कामले चोक पुगेका सर्वसाधारणले आगो निभाउने प्रयत्न थालेका थिए । लगत्तै प्रहरी र दमकल पनि पुगेपछि एक घण्टाको निरन्तर प्रयत्नले आगो पूरै नियन्त्रण गरिएको प्रनाउ रावलले बताए । 

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ७ : ०१ बजे

आज ४३औँ बीपी स्मृति दिवस मनाइँदै

काठमाडौं– प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३औँ स्मृति दिवस आज

भारतविरुद्धको युवा टेस्टमा इंग्ल्यान्डका एकांशको शतक

काठमाडौं – वर्षाले प्रभावित भारत र इंग्ल्यान्डको दोस्रो टेस्टमा एकांश

गाजामा मान्छे मार्नेक्रम नरोकिएपछि २७ देशले गरे इजरायलको निन्दा

लण्डन – बेलायतसहित २७ देशले गाजामा जारी युद्ध तत्काल अन्त्य

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल साउन ६ गते मंगलबार। साउन