देशको आमूल परिवर्तन माओवादीले गरेको हो : मुख्यमन्त्री भट्ट « Khabarhub

देशको आमूल परिवर्तन माओवादीले गरेको हो : मुख्यमन्त्री भट्ट


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको आमूल परिवर्तन माओवादी पार्टीले गरेको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीले आज जिल्ला सदरमुकाम सिलगढीमा आज आयोजना गरेको जनसम्बन्ध विस्तार तथा सङ्गठन सुदृढीकरण अभियान कार्यक्रममा उनले माओवादीका कारण देशमा आमूल परिवर्तन भएको र नागरिकले बोल्न पाउने अधिकार पाएको बताए ।

मुख्यमन्त्री भट्टले जनयुद्धको बलमा बनेको संविधानले स्थानीय सरकारलाई कानुन बनाउनेदेखि न्यायिक अधिकार दिएको दाबी गरे। उनले आफू मुख्यमन्त्री भएपछि डोटीका लागि थुप्रै विकास गरेको र बाँकी रहेका अधुरा विकासका काम पनि पूरा गर्ने प्रतिबद्धता जनाए।

उनले माओवादीका नेता कार्यकर्ता सहरमुखी नभएर गाउँमुखी हुनुपर्नेसमेत बताए। उनले भने, “माओवादीका नेताहरू सहरमा होइन अब गाउँमा जनता माझ जानुपर्छ, आफ्ना योजना, कामका बारेमा जनताका माझमा लैजानुस्, गाउँ जान डराउनुपर्ने कुनै कारण छैन ।”

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ७ : ३८ बजे

राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइँदै

काठमाडौं – विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक

अंग्रेजी नयाँ वर्ष २०२६ सुरु

काठमाडौं – ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन्

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्