बुधबारदेखि मौसममा सुधार हुने | Khabarhub Khabarhub

बुधबारदेखि मौसममा सुधार हुने


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी बुधबारदेखि मौसम सुधार हुने भएको छ । बुधबारदेखि मनसुनको न्यून चापीय रेखामाथि अर्थात् भारततिर सर्ने सम्भावना रहेकाले मनसुन केही कमजोर भई मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जुवसीले बताए।

उनका अनुसार पछिल्लो केही दिनयता देशको अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ । यो क्रम बधुबारदेखि रोकिने जनाएको छ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको विभागले जनाएको छ ।

हाल देशका प्रदेश नं १, बागमती, गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

राति देशभर सामान्य बदली रही देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा प्रदेश नं १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ८ : ०१ बजे

भियतनामका उपराष्ट्रपतिको भ्रमणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

-सिबी अधिकारी/रासस उच्च आर्थिक वृद्धिदर भएको मुलुक भियतनाम र विकासशील

रविबारे पूर्वराष्ट्रपतिले बोल्दै नबोलेको कुरा मनिष झाले प्रचार गरिदिएको भंगालको गुनासो

काठमाडौं- पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले आफूसँग

भोटेकोशीमा बोलेरो खस्दा चालकसहित दुईजना बेपत्ता

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ हिन्दीमा मंगलबार बोलेरो दुर्घटना हुँदा दुईजना

वीरगञ्जमा हैजा : १० नमूनामध्ये आठमा सङ्क्रमण

वीरगञ्ज– वीरगञ्जमा हैजाको आशङ्कामा १० बिरामीको नमूना परीक्षण गर्दा आठमा

कम्युनिस्टले खनेको नख्खु जेलको त्यो सुरुङ…

काठमाडौं– सहकारी ठगी प्रहरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा बन्दी जीवन