शिक्षा क्षेत्रमा सुधार सँगसँगै रोजगारीका अवसर सिर्जना गर्नुपर्छ : धनराज आचार्य « Khabarhub

शिक्षा क्षेत्रमा सुधार सँगसँगै रोजगारीका अवसर सिर्जना गर्नुपर्छ : धनराज आचार्य


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक गुणस्तर अभिवृद्धि हुनुपर्नेमा जोड दिएका छन् ।

पोखरा महानगरपालिका–१६, बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको हीरक जयन्तीअन्तर्गत पुरस्कार वितरण, सम्मान तथा बिदाइ कार्यक्रमको उद्घाटन समारोहमा उनले राज्यको ठूलो लगानी शिक्षा क्षेत्रमा रहेकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सम्बद्ध सबैको सामूहिक प्रयास आवश्यक हुने बताए ।

दक्ष जनशक्ति विदेशिने क्रम जारी रहेकाले त्यसलाई रोक्न राज्यले शिक्षा क्षेत्रमा सुधार सँगसँगै प्राविधिक ज्ञान, सीप र रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ छ । विन्ध्यवासिनी मावि नेपालकै उत्कृष्ट विद्यालयमा पर्न सफल भएकोमा खुसी व्यक्त गर्दै उनले यसले समग्र पोखरा र गण्डकी प्रदेशकै इज्जत बढाएको भन्दै प्रशंसा गरे ।

पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले विद्यालयले भोगेका समस्याप्रति आफू जानकार रहेको बताउँदै समस्या समाधानका लागि सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरे। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले सबै पक्षको सहकार्यबाट विद्यालय उत्कृष्ट बन्न पुगेको बताउँदै विद्यालयमा प्राविधिक शिक्षा स्थापना, स्कुल बस तथा स्वास्थ्यसँग सम्बन्धित कर्मचारीको व्यवस्थाका लागि स्थानीय सरकारसँग आगैह गरे ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ८ : ४३ बजे

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६

मन्त्री खरेलबाट ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु सङ्ग्रहालयको

मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतले वृद्धि

मुस्ताङ– धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या

नेपालमा आइसिसी टी-२० विश्वकपको ट्रफी टुर तीन दिनसम्म चल्ने

काठमाडौं – भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

पेरिस – फ्रान्समा बालबालिकालाई अत्यधिक स्क्रिन टाइमबाट जोगाउन नयाँ प्रयास