सुदूरपश्चिममा कोरोना संक्रमण बढ्न थाल्यो, दुई दिनमा ६८ संक्रमित भेटिए | Khabarhub Khabarhub

सुदूरपश्चिममा कोरोना संक्रमण बढ्न थाल्यो, दुई दिनमा ६८ संक्रमित भेटिए


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशमा पछिल्लो दुई दिनमा थप ६८ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार आइतबार र सोमबार गरिएको ८७१ को नमूना परीक्षण गर्दा ६८ जना सङ्क्रमित भेटिएका हुन् ।

सङ्क्रमण रोकथाममा भइरहेको कमीकमजोरीले यो रोगको सङ्क्रमण दर पछिल्ला दिनमा उकालो लागेको स्वास्थ्यकर्मीले बताएका छन् । सङ्क्रमित स्वयंले पनि चासो नदिँदा पनि यो रोगको सङ्क्रमण दर बढेको हो ।

सामाजिक विकास मन्त्रालयका सचिव दीपक लामिछानेले सङ्क्रमण रोकथामका लागि सीमा नाकाबाट भित्रिने नागरिकको कडाइका साथ स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको बताए। जटिल अवस्थाको सङ्क्रमितलाई अस्पतालसम्म पु¥याउन गौरीफन्टा नाका र गड्डाचौकी नाकामा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

‘नमूना परीक्षणबाट लक्षण देखिनेलाई परामर्श दिएर होम आइसोलेसनमा बस्नुपर्ने सल्लाह दिने गरिएको छ’, उनले भने, ‘जटिल अवस्था भएको सङ्क्रमितलाई सोझै अस्पतालमा भर्ना गर्ने व्यवस्था गरिएको छ ।’

रोकथामका लागि नियमितरूपमा जनचेतनासम्बन्धी सन्देशमूलक कार्यक्रम सञ्चालन गरिएको लामिछानेले बताए । रोकथामका लागि मान्छेको बढी भीड हुने सार्वजनिकस्थलमा ‘खोज र खोपको अभियान’ थालिएको छ ।

मास्क लगाएर सङ्क्रमण हुनबाट सुरक्षित हुन सकिने भए पनि अधिकांश नागरिकले मास्क र स्यानिटाइजरको प्रयोग गरेको देखिँदैन । सङ्क्रमितलाई राख्न धनगढीको कनरीमा विगतमा सञ्चालनमा आएको आइसोलेसन सेन्टर बन्द रहेको छ । कोरोनाको रोकथामलाई लक्षित गरेर धनगढी–३ मा निर्माण पूरा भएको होल्डिङ सेन्टर पनि प्रयोगमा ल्याइएको छैन । नेपाली सेनाले निर्माण गरेको होल्डिङ सेन्टर पालिकालाई हस्तान्तरण भएको छैन ।

पछिल्ला दिनमा प्रदेशमा कोरोनाका सक्रिय बिरामी पनि बढेका छन् । आज थपिएका बिरामीसमेत कोरोना भाइरस फैलिएयता प्रदेशमा हालसम्म जम्मा ५९ हजार नौ सय ६७ सङ्क्रमित पुगेका छन् ।

गत फागुनयता यो रोगले हुने मृत्यु दर भने प्रदेशमा शून्य छ । फागुनदेखि सङ्क्रमण हुने दर पनि घट्दै गएकामा पछिल्ला हप्तामा पुनः बढ्न थालेको हो । छिमेकी देश भारतमा यो रोगको सङ्क्रमण बढेसँगै नेपालमा पनि यो रोगको सङ्क्रमण बढ्न थालेको जनाइएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ९ : ५७ बजे

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक