भक्तपुरका शिवालयमा साँझसम्मै दर्शनार्थीको भीड, दिनभर सडक अवरुद्ध « Khabarhub

भक्तपुरका शिवालयमा साँझसम्मै दर्शनार्थीको भीड, दिनभर सडक अवरुद्ध


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– साउनको तेस्रो सोमबार आज भक्तपुरका प्रसिद्ध शिवालयमा बिहानैदेखि साँझसम्म दर्शनार्थीको भीड लागेको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा बिहानदेखि साँझसम्म दर्शनार्थीको भीड लागेको थियो । डोलेश्वर महादेव मन्दिर संरक्षण एवं विकास समितिका पूर्वउपाध्यक्ष एवं पूर्ववडाध्यक्ष किरण थापाले मन्दिरमा बिहानदेखि साँझसम्म नै दर्शनार्थीको भीड लागेको बताए ।

साँझ मन्दिरमा आरतीमा सहभागी हुनसमेत दर्शनार्थीको घुइँचो रहेको भन्दै उनले आज मात्रै दिनभरिमा २० हजारभन्दा बढी भक्तजनले डोलेश्वर महादेवको दर्शन गरेको बताए ।

दर्शनार्थीको घुइँचो लागेपछि भक्तपुरको जगातिबाट डोलेश्वर महादेव मन्दिर जाने दुई वटा बाटो अवरुद्ध भएको थियो । सवारीसाधनको चाप बढेपछि सडक जाम भएको थियो भने मन्दिरमा दर्शनलाई सहज बनाउन तथा सडक खुलाउन स्वयंसेवक र प्रहरी परिचालन गरिएको थियो ।

त्यसैगरी सिपाडोलको अर्को प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको थियो । मनको आशा पूरा गर्ने महादेवका रूपमा परिचित रहँदै आएको यो मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको थापाले जानकारी दिए ।

डोलेश्वर हुँदै आशापुरी जान र नंखेल काँक्राबारी हँुदै आशापुरी जान दुईतर्फी सडक सञ्चालनमा आएपछि यो मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको हो ।

यता भक्तपुर नगरपालिकास्थित प्रसिद्ध दत्तात्रय मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको थियो । भीड व्यवस्थित गर्न स्वयंसेवक परिचालन गर्नुका साथै लाइनमा बस्नेका लागि टोकनको व्यवस्था गरिएको थियो । भक्तपुर काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोकदेखिका दर्शनार्थीको आगमनले यहाँका महादेव मन्दिर भरिभराउ भएका थिए ।

त्यसैगरी सूर्यविनायक नंखेलस्थित नन्दिकेश्वर महादेव मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको थियो भने सूर्यविनायक नपास्थित सिरुटारको गुप्तेश्वर, सोमलिङ्गेश्वर, चरखण्डीश्वर, अनन्तलिङ्गेश्वर, सुवर्णेश्वर, लटरम्बेश्वर र अग्लो महादेवका रुपमा चिनिएको कैलाश महादेवमा पनि दर्शनार्थीको बिहानैदेखि भीड लागेको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १० : ०५ बजे

गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर– अङ्ग्रेजी नयाँ वर्ष–२०२६ आजदेखि सुरु भएको छ । नयाँ

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६

मन्त्री खरेलबाट ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु सङ्ग्रहालयको

मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतले वृद्धि

मुस्ताङ– धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या