कर्णाली प्रदेश सभा : महालेखा परीक्षकको चौथो वार्षिक प्रतिवेदन पेश « Khabarhub

कर्णाली प्रदेश सभा : महालेखा परीक्षकको चौथो वार्षिक प्रतिवेदन पेश


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘महालेखा परीक्षकको चौथो वार्षिक प्रतिवेदन, २०७९’ प्रदेशसभाको बैठकमा पेश गरेका छन् ।

कर्णाली प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री शाहीले छलफलका लागि उक्त प्रतिवेदन पेश गरेका हुन् । सो प्रतिवेदन छलफलका लागि सार्वजनिक लेखा समितिमा पठाउन सभामुख राजबहादुर शाहीले सचिव जीवराज बुढाथोकीलाई निर्देशन दिए ।

सभामुख शाहीले समय दिएसँगै प्रदेश मामिला समितिका सभापति दानसिंह परियारले यसअघि कर्णाली प्रदेश सरकारका तर्फबाट सभामा पेश भएको ‘प्रदेशसभा सचिवालयसम्बन्धी ऐन, २०७५, संशोधन प्रतिवेदनसहित सभामा पेश गरे ।

यता प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले ‘कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६’ लाई संशोधन गर्न बनेको विधेयकमाथि सामान्य छलफलका लागि सभामा प्रस्ताव गरे ।

प्रदेशसभा सदस्य दल रावलले छलफलमा भाग लिँदै जिल्ला र कर्णाली प्रदेश खेलकुद परिषद् सदस्यका लागि जिल्लाका लागि छैटौँ र प्रदेश सदस्य सचिव ११औँ तह हुनेगरी राखिएको संशोधनको समर्थन गरे ।

छलफल समाप्त भएसँगै सभामुख शाहीले उक्त विधेयकमाथि संशोधनको सूचना पेश गर्न ७२ घण्टा प्रारम्भ भएको प्रदेशसभा सदस्यलाई जानकारी गराए । प्रदेशसभाको अर्को बैठक यही साउन १८ गते बुधबार अपराह्न ३ बजे बस्नेछ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १० : ४१ बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ