साउदीको पूर्वी क्षेत्रमा दूतावासले थप्यो एक कर्मचारी  « Khabarhub

साउदीको पूर्वी क्षेत्रमा दूतावासले थप्यो एक कर्मचारी 



दोहा – साउदी अरबको रियादमा रहेको नेपाली दूतावासले त्यहाँको पूर्वी क्षेत्रमा कार्यरत रहेका नेपाली कामदारहरूको समस्या समाधानका लागि एक जना कर्मचारी थपेको छ।

साउदी अरबमा रहेका नेपाली कामदारको संख्यामध्ये पूर्वी क्षेत्र (दमाम, जुवेल, खब्जी, खोबर, कतिफ, अलहासा) मा मात्रै झन्डै आधाजसो कार्यरत रहेको बताइन्छ।

पूर्वी क्षेत्रमा रहेको नेपाली कामदारहरूको समस्यालाई मध्यनजर गरेर दूतावासले विगत लामो समयदेखि एक जना कर्मचारी खटाउँदै आएको थियो। थप कर्मचारी व्यवस्था गर्नका लागि दूतावासले लामो समयदेखि गरेको प्रयासस्वरुप वैदेशिक रोजगार बोर्डको सचिवालयबाट कर्मचारीको व्यवस्था भएको छ।

दूतावासले एक सूचना जारी गर्दै आगामी १ कार्तिक २०७९ (१८ अक्टोबर २०२२) देखि साउदी अरबको पूर्वी क्षेत्रमा थप एक जना कर्मचारी खटाइने जनाएको छ।

कार्तिक १ गतेदेखि पूर्वी क्षेत्रमा दूतावासका २ जना कर्मचारीहरू रहनेछन् । त्यसपछि पूर्वी क्षेत्रमा नेपाली कामदारको समस्या समाधानमा थप सहजता आउने अपेक्षा गरिएको छ । पूर्वी क्षेत्रमा खटिने नयाँ कर्मचारीको सम्पर्क विवरण पछि सार्वजनिक गरिने दूतावासले जनाएको छ ।

पछिल्लो समय नेपालबाट आकर्षक रोजगारीको प्रलोभनमा विभिन्न दलालमार्फत साउदी अरब पुगेर अलपत्र पर्ने नेपालीको संख्या बढेको छ। साउदी अरबमा विभिन्न पेसामा गरी करिब चार लाखको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ७ : २९ बजे

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड

काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा

फ्लाइङ किस दिएर आफ्नै भाषामा बालेनको भाषण

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मधेस पुगेर

मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण

मनाङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र