जसले शीतयुद्धको अन्त्य गरे | Khabarhub Khabarhub

जसले शीतयुद्धको अन्त्य गरे


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मिखाइल गोर्भाचोभ, २० औं शताब्दीका अत्यन्त प्रभावशाली नेता हुन्। एसिया र पूर्वी युरोपमा प्रभाव जमाउँदै ७० वर्ष विश्व राजनीतिको एउटा प्रमुख शक्ति रहेको सोभियत सङ्घका उनी अन्तिम प्रमुख थिए। उनले नै सोभियत सङ्घ विघटन गरेका थिए। गोर्भाचोभ सन् १९८५ मा सोभियत सङ्घका प्रमुख भएपछि दुई वटा उद्देश्यमा केन्द्रित भए। पहिलो उद्देश्य आर्थिक उन्नति थियो भने राजनीतिक रूपान्तरण उनको अर्को योजना थियो।

उनको भूमिकाले सोभियत संघ मात्र नभई संसारका धेरै देशमा कम्युनिस्ट शासन अन्त्यका लागि एउटा आधार बनेको थियो।
दक्षिणी रुसको स्ट्याभ रोपालमा सन् १९३१ मा मिखायल सर्जीयेभीच गोर्भाचोभको जन्म भएको हो। उनका अभिभावक कृषिको काम गर्थे भने गोर्भाचोभको युवा अवस्था पशुपालनमा केन्द्रित थियो। सन् १९५५ मा मस्को स्टेट युनिभर्सिटीबाट ग्रायुएट हुँदा नै उनी कम्युनिस्ट पार्टीको सक्रिय कार्यकर्ता थिए।

उनको भूमिकाले सोभियत संघ मात्र नभई संसारका धेरै देशमा कम्युनिस्ट शासन अन्त्यका लागि एउटा आधार बनेको थियो।
दक्षिणी रुसको स्ट्याभ रोपालमा सन् १९३१ मा मिखायल सर्जीयेभीच गोर्भाचोभको जन्म भएको हो।

भर्खरै विवाह गरेकी श्रीमती राइसासँगै स्ट्याभरापोलमा आइपुगेका उनले पार्टीको स्थानीय संरचनामा द्रुत गतिमा फड्को मारेका थिए। यसै गतिमा फड्को हान्दै र धेरैलाई ओभरटेक गर्दै उनी सोभियत पदानुक्रमको शीर्ष स्थानमा पुगेका हुन्। सन् १९६१ मा उनी योङ कम्युनिस्ट लिगमा प्रान्तीय सचिव भएका थिए। योसँगै उनी कम्युनिस्ट पार्टीको अधिवेशन प्रतिनिधि पनि भएका थिए।

कृषि प्रशासनमा भूमिकाका कारण उनले छिटो गतिमा रुसी कम्युनिस्ट राजनीतिमा फड्को मार्दै गएका हुन्। यसै कारण उनको प्रभाव त्यस क्षेत्रमा अत्यन्त बढी थियो। कृषिको केन्द्रीय कमिटीको सचिवको रूपमा उनी सन् १९७८ मा मस्को गएका थिए। त्यसको दुई वर्षपछि उनी पार्टीको पोलीटब्युरो सदस्य छानिएका थिए। युरी आन्द्रोपोभको महासचिव कार्यकालमा उनले थुप्रै विदेश भ्रमण गरेका थिए। यस क्रममा सन् १९८४ को लन्डन भ्रमण पनि समावेश थियो। त्यसै भ्रमणमा उनले प्रधानमन्त्री मार्गरेट थ्याचरलाई प्रभावमा पारेका थिए।

एक अन्तरवार्तामा थ्याचरले भविष्यमा सोभियत सङ्घसँग सहकार्य गर्न सकिने कुरा समेत उठाएकी थिइन्। ‘मलाई गोर्भाचोभ मन पर्छ ’ उनले भनिन्, ‘हामी सहकार्य गर्न सक्छौँ।’ गोर्भाचोभले आन्द्रोपोभको कार्यकालपछि महासचिव हुने अपेक्षा गरेका थिए। सन् १९८४ मा उनको निधन भएपछि कोन्सटान्सटीन चेरेन्को महासचिव भए। त्यसको एक वर्ष नहुँदै चेरेन्कोको पनि निधन भएपछि पोलीटब्यूरोको कान्छो सदस्य गोर्भाचोभलाई महासचिवको जिम्मेवारी दिइएको थियो। सन् १९१७ को क्रान्तिपछि जन्मिएका पहिलो महासचिव गोर्भाचोभकै हाउभाउ र प्रस्तुति विगतका अन्य सबै महासचिवको भन्दा फरक थियो।

कृषि प्रशासनमा भूमिकाका कारण उनले छिटो गतिमा रुसी कम्युनिस्ट राजनीतिमा फड्को मार्दै गएका हुन्। यसै कारण उनको प्रभाव त्यस क्षेत्रमा अत्यन्त बढी थियो।

गोर्भाचोभको स्टाइलीस लवाइ र प्रस्तुतिले नै खुला संसारको झझल्को दिएको थियो। उनकी श्रीमती राइसा पनि प्रस्तुत हुँदा कम्युनिस्ट पार्टीको महासचिवको श्रीमती भन्दा बढी अमेरिकाको प्रथम महिला झैँ झझल्को आउने गरेको थियो।

ध्वस्त भएको सोभियत अर्थतन्त्रलाई उकास्ने र थेग्ने उनको पहिलो जिम्मेवारी थियो। आर्थिक सुधार गर्न कम्युनिस्ट पार्टीको जरा र हाँगासमेत सुधार गर्नुपर्छ भन्ने उनले महसुस गरेका थिए। उनले लेलिनग्राड (सन् १९९१ पछिको सेन्ट पिटर वर्ग)मा कम्युनिस्ट नेतालाई भेला गरेर संसार भन्दा फरक अर्थतन्त्र र अर्थनीति सञ्चालन गरेर थेग्न नसकिने कुरा बताएका थिए।

एकातिर उनले खुला पूँजी बजारको आवश्यकताको बारे बहस चलाए। अर्कोतर्फ पहिलो प्रजातान्त्रिक अभ्यासको क्रममा पार्टीको तल्लो निकायसम्म निर्वाचनको स्वरूपमा लैजाने अवधारणा ल्याए। उनको यो नीतिले सोभियत सङ्घमा आबद्ध भएका धेरै राष्ट्रको सत्तामा नै हलचल ल्याइदिएको थियो। सोभियत नेतृत्वमा कुनै गणराज्यको प्रतिनिधित्व गर्न पनि निर्वाचित हुनु पर्ने गोर्भाचोभ नीतिले धेरैलाई झस्काएको थियो।

गोर्भाचोभ शीत युद्धको अन्त्य चाहन्थे। यसका लागि उनले अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनसँग वार्ता गरेर आणविक सम्झौता गर्दै निःशस्त्रीकरणमा जोड दिए। सोभियत गणराज्यलाई भिन्न रहन पाउने अधिकार तथा अफगानिस्तानलाई स्वतन्त्र छाड्ने नीति गोर्भाचोभले लिएका थिए।

ध्वस्त भएको सोभियत अर्थतन्त्रलाई उकास्ने र थेग्ने उनको पहिलो जिम्मेवारी थियो। आर्थिक सुधार गर्न कम्युनिस्ट पार्टीको जरा र हाँगासमेत सुधार गर्नुपर्छ भन्ने उनले महसुस गरेका थिए।

इच्छा नभएर सोभियत सङ्घमा रहेका गणराज्य माथिको सम्बोधन नै गोर्भाचोभ कार्यकालको सबैभन्दा ठूलो चुनौती थियो। गोर्भाचोभले उनीहरूका लागि पनि बाटो खुला गरि दिए। सोभियत सङ्घको विघटनपछि उत्तरमा बाल्टिक गणराज्य रहेका थिए। लाट्भिया, लिथुवानिया र इस्टोनीयाले मस्कोबाट आफूलाई अलग राख्ने निर्णय गरे। यिनीहरू रुसको वार्स सङ्गठनका मुख्य शक्ति मानिन्थे।

सोभियत सङ्घका अन्य असर संसारभर परेको थियो। ९ नोभेम्बर १९८९ मा सोभियत पक्षधर मध्यको सबै भन्दा बलियो देश पूर्वी जर्मनीमा ठूलो प्रदर्शन भएको थियो। त्यस प्रदर्शनसँगै पूर्व पश्चिम ओहोरदोहोर खुला भएको थियो। उनले जर्मनी एकीकरणलाई उनीहरूको आन्तरिक मामलाको संज्ञा भन्दै यसलाई हरियो झन्डा देखाएका थिए।

पूर्व र पश्चिम जर्मनीको एकता गराउने ऐतिहासिक काममा सकारात्मक भूमिका भएका कारण गोर्भाचोभले सन् १९९० मा नोबेल शान्ति पुरस्कार पाएका थिए। सन् १९९१ मा ब्ल्याक सीमा बिदा मनाइरहेको गोर्भाचोभलाई पुरानो कम्युनिस्ट सत्ताको इसारामा प्रहरीले गिरफ्तार गरेको थियो। त्यस समय बोरिस यल्तसिनले उनलाई जोगाएका थिए।

यो घटनाको ६ महिनापछि रुसमा गोर्भाचोभ सत्ता पनि कायम थिएन। कम्युनिस्ट शासन पनि कायम थिएन। गोर्भाचोभ पछि बोरिस यल्तसिन रुसका राष्ट्रपति भएका थिए। पछिल्लो समय गोर्भाचोभ अन्तर्राष्ट्रिय क्षेत्रमा लोकप्रिय व्यक्तिको रूपमा परिचित थिए। तर, घरेलु भूमिमा उनको त्यो लोकप्रियता थिएन। सन् १९९६ मा उनी फेरि राष्ट्रपतिको उम्मेदवार भएका थिए। त्यस निर्वाचनमा उनले पाँच प्रतिशत भन्दा कम मत पाएका थिए। सन् १९९० को दशको उनले नौ वटा फरक अन्तर्राष्ट्रिय लेक्चरको सक्र्युट नै लिएका थिए। यसले पनि अन्तर्राष्ट्रिय क्षेत्रमा उनको लोकप्रियतालाई पुष्टि गरेको छ। रुस बाहिर उनले अनेकौँ अवार्ड तथा पुरस्कार पाए।

सन् २०२१ मा गोर्भाचोभको ९० औं वर्षगाँठमा राष्ट्रपति पुटिनले प्रशंसा गर्दै उनी ‘स्टेट म्यान’ भएको तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव राख्न सक्ने रुसी व्यक्ति भएको प्रतिक्रिया दिएका थिए।

सन् १९९९ मा राइसाको रक्त क्यान्सरका कारण निधन भएपछि उनको व्यक्तिगत जीवनमा ठूलो चोट परेको थियो। गोर्भाचोभको राजनीतिक जिन्दगी र उनले रुसमा चलाएको आर्थिक सुधारको कार्यक्रममा राइसाको अत्यन्त सहयोगी भूमिका रहेको थियो। भ्लाडिमिरको पुटिनका आलोचना गर्ने काम भने गोर्भाचोभले कहिल्यै छाडेनन्। उनी सन् २०१४ को जनमत सङ्ग्रहको भने पक्षधर थिए। त्यसै जनमत सङ्ग्रहले क्रिमियालई रुसमा विलय गराएको थियो।

यस अगाडि क्रिमिया युक्रेनमा रहने निर्णय सोभियत कानुन अर्थात् पार्टीको कानुन अनुसार भएका कारण अहिले जनताको माझबाट निर्णय हुनु पर्ने मत उनले राखेका थिए। सन् २०२१ मा गोर्भाचोभको ९० औं वर्षगाँठमा राष्ट्रपति पुटिनले प्रशंसा गर्दै उनी ‘स्टेट म्यान’ भएको तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव राख्न सक्ने रुसी व्यक्ति भएको प्रतिक्रिया दिएका थिए।

गोर्भाचोभकै विचारमा शीतयुद्धको अन्त्य र आणविक हतियारमा नियन्त्रण उनका कार्यकालमा विशेषता हुन्। केही समय यता उपचार गराइरहेका उनको केन्द्रीय क्लिनिकल अस्पतालमा निधन भएको हो। उनको निधनमा राष्ट्रपति पुटिन लगायत अन्य उच्च पदस्थले शोक व्यक्त गरेका छन्।

२० औं शताब्दीको प्रभावकारी व्यक्तिको बारे धेरै बहस हुन बाँकी छ। गोर्भाचोभकै हकमा उनको कटु आलोचक र समर्थक संसारभर हुन सक्छन्। तर, ८० को दशकमा ध्वस्त रुसी अर्थतन्त्रमा सुधार गर्ने, शीत युद्धको अन्त्य गर्ने र आणविक हतियार सहितको समाजको कल्पना गर्ने उनलाई संसारले सधैं सम्झिरहने छ।

एउटा सामान्य किसानको छोराले देशको राजनीति नै परिवर्तन गर्ने गोर्भाचोभको जीवन धेरैका लागि पढ्नै पर्ने विषय पनि हो। स्रोत: सीएनएन, बीबीसी

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ७ : ५५ बजे

संघीय संसद्का चार समितिको बैठक बस्दै

काठमाडौं– आज सङ्घीय संसद्का चार समितिको बैठक बस्दै छ ।

दुर्गम गाउँमा आँखा शिविर, ७८६ जनाले लिए सेवा

ढोरपाटन– जिल्लाको दुर्गम मानिने तमानखोला गाउँपालिका सञ्चालित दुईदिने निःशुल्क आँखा

वेस्ट इन्डिजमाथि इंग्ल्याण्ड तीन विकेटले विजयी

काठमाडौं – इंग्ल्याण्डले बिहीबार भएको वेस्ट इन्डिजविरुद्धको खेलमा तीन विकेटको

नेपालले बङ्गलादेशलाई आजदेखि विद्युत बिक्री गर्दै

काठमाडौं– नेपालले बङ्गलादेशमा बिजुली निर्यात गर्ने बाटो खुलेको छ ।

राष्ट्रपति पौडेल दोहाबाट काठमाडौँका लागि प्रस्थान

दोहा– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट काठमाडौँका लागि प्रस्थान