पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध « Khabarhub

पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत – जिल्लाको मोदी गाउँपालिका–५ अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ।

तीन दिनदेखि लगातार वर्षाका कारण बाटो माथिबाट खसेको पहिराले आज बिहानदेखि लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए । वर्षा नरोकिएकाले माथिबाट ढुङ्गा झरेको हुँदा सडक खुलाउन मुस्किल भएको उनको भनाइ छ ।

पहिरो पन्छाउन डोजर र स्काभेटर तयारी अवस्थामा राखिएको छ । पानी पर्न छाडेपछि पहिलो हटाइने न्यौपानेले बताए । यसअघि मङ्गलबार पनि त्यही ठाउँमा पहिरो खसेको थियो । पहिराका कारण गन्तव्यतर्फ हिँडेका यात्रु बाटोमै अलपत्र छन् । केही यात्रु हिँडेरै गन्तव्यतर्फ लागेका बताइएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ९ : ५५ बजे

दोहोरो चपेटामा राधास्वामीका सुकुम्वासी : एकातिर बाढीको डर, अर्कोतिर सरकारको चेतावनी

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीहरूको जनजीवन वर्षाका

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक

तनावपूर्ण खेलमा भिड्दै इङ्गल्यान्ड र मेक्सिको : दुई पेनाल्टी, एउटा रातो कार्ड

काठमाडौँ – फिफा विश्वकपको नकआउट चरण (अन्तिम १६) को एक

विश्वकप फुटबल : पहिलो हाफमा मेक्सिको विरुद्ध इंग्ल्याण्डलाई २–१ को अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को खेलमा अहिले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– संघीय संसद्‌अन्तर्गत प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक