पाँचथरमा भूमिसम्बन्धी पाँच हजार निवेदन « Khabarhub

पाँचथरमा भूमिसम्बन्धी पाँच हजार निवेदन


१६ भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर – जिल्लामा पाँच हजार ८५ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीले भूमि आयोग जिल्ला समितिमा निवेदन दिएका छन् ।

राष्ट्रिय भूमि आयोगले प्रथमपटक प्रकाशन गरेको ३५ दिने सूचनाका आधारमा जिल्लाका आठमध्ये सातवटा स्थानीय तहमा गरी पाँच हजार ८५ जनाको निवेदन परेको हो ।

जिल्लाको मिक्लाजुङ गाउँपालिकामा सबैभन्दा बढी एक हजार सात सय ७६ र कुम्मायक गाउँपालिकामा सबैभन्दा कम ३३ वटा निवेदन परेको आयोगको जिल्ला समितिले जनाएको छ । पाँचथरको याङवरकमा गाउँपालिकामा भने एउटासमेत निवेदन नपरेको समितिका सदस्यसचिव एवं नापी कार्यालयका प्रमुख उमेश नेम्वाङले जानकारी दिए।

समितिको तथ्याङ्कअनुसार निवेदनमध्ये भूमिहीन दलितका ९० वटा, भूमिहीन सुकुम्बासीका एक सय २२ वटा र अव्यवस्थित बसोबासीका चार हजार आठ सय ७३ वटा निवेदन परेका छन् । निवेदन आएपश्चात जिल्लाको हिलिहाङ गाउँपालिकाले अस्थायी निस्सा वितरण गरेको छ । यस्तै फिदिम नगरपालिका र मिक्लाजुङ गाउँपालिकाले तथ्याङ्क प्रविष्टीको काम गरिरहेका छन् । हालसम्म एक हजार एक सय निवेदनको लगत प्रविष्टी भइसकेको सदस्यसचिव नेम्वाङले बताए ।

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  १२ : ४८ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप