बालैवासीलाई बालै खोलाको भर « Khabarhub

बालैवासीलाई बालै खोलाको भर


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- छायाँनाथ रारा नगरपालिका–६ बालैवासीको आम्दानीको मुख्य स्रोत बालुवा बिक्री हो । बालै खोलाबाट बालुना ननिकाली यहाँका बासिन्दाको बिहान बेलुकाको छाक टर्दैन ।

छायानाथ रारा नगरपालिका–६ बालैका ३४ वर्षीय भामबहादुर नेपाली हरेक बिहान बालै बगरमा बालुवा निकाल्न पुग्छन । बिहानै खोलामा पुग्ने उनी बेलुका अबेर मात्रै घर फर्किन्छन् । दिनभर खोलाबाट बालुवा निकाल्दा मुस्किलले परिवार पाल्न पुग्ने गरेको उनी सुनाउँछन् ।

भामबहादुर मात्रै होइनन् बालैका अधिकांशको मुख्य रोजगारी नै खोलाको बालुवा निकाल्ने भएको छ । उज्यालो गाउँका अधिकांश युवा खोलामा पुगिसकेका हुन्छन् ।

यहाँका मानिसको मुख्य काम कृषि नै हो । परम्परागत रुपमा गरिने कोदो, धान, फापर, कागुनो, चिनोखेतीले परिवार पाल्न नपुगेपछि उनीहरू बालै खोलातिर झरेका हुन् ।

बालैगाउँ सडक सञ्जालमा जोडिएपछि गमगढी बजारलगायत स्थानमा पक्की घर बन्न थालेका छन् । जसका कारण गाउँमै बालुवाको माग बढेको छ । उनीहरूको माग पूरा गर्न भामबहादुरसहित गाउँका युवा बालुवा संकलनमा होमिएका छन् । उनीहरू बालुवा बेचेर आर्थिक जोहो, जीविकोपार्जनमा जुटेका हुन् । बालै बगरमा बस्दै आएका ६० घरधुरीले नदी किनारमा बालुवा निकाल्ने स्थान समेत भागबन्डा गरेका छन् ।

तीन महिनाको आम्दानी वर्षभरिलाई 
असार, साउन र भदौ तीन महिनामा निकालेको बालुवाले एक वर्षसम्म घर खर्च चलाउने, बालबच्चा पढाउने गरेको भामबहादुरले बताए । यो सिजनमा एउटा परिवारले कम्तीमा ५० हजारदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको स्थानीय प्रेमबहादुरले सुनाए ।

नदीबाट बालुवा निकालेर बिक्री गर्दा नगरपालिकालाई प्रति ट्याक्टर एक सय र बालैबगर रारा राष्ट्रिय मध्यवर्ती क्षेत्रलाई तीन सय रुपैयाँ राजस्व तिर्ने गरेको भामबहादुरले बताए । मध्यवर्ती क्षेत्रबाट १५ कात्तिकदेखि १५ जेठसम्म बालुवा निकाल्न पाइँदैन ।

बालुवा निकाल्ने व्यक्तिबाट शुल्क नलिने बालुवा किनेर लिने व्यक्तिबाट राजस्व लिने गरेको मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष बलराम साहनीले बताए ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  १ : ५० बजे

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२