आफू चुनावी दौडमा नरहेको कांग्रेस नेता पौडेलको घोषणा « Khabarhub

आफू चुनावी दौडमा नरहेको कांग्रेस नेता पौडेलको घोषणा


१६ भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची- नेपाली कांग्रेस अर्घाखाँचीका नेता इन्द्रमणि पौडेलले आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा आफू उम्मेदवारको दौडमा नरहेको बताएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै उनले १४ औँ महाधिवेशनमा गरेका प्रतिबद्धताअनुसार नै आफू कुनै पनि लाभको पदमा नलागी संगठनको काममा लाग्ने संकल्प गरेको उल्लेख गरेका छन् ।

‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा म जिल्ला सभापतिमा उम्मेदवार बन्दै गर्दा आगामी चार वर्ष कुनै लाभको पद नलिई पार्टी र संगठनको काम गर्ने प्रतिबद्धता जाहेर गरेको कुरा मेरो संकल्प पत्रमा उल्लेख भएको सर्वविदितै छ,’ पौडेलले भनेका छन्, ‘धेरै शुभचिन्तक साथीहरूले तपाई उम्मेदवार बन्नुपर्छ भनिरहेको अवस्थामा मैले यस पटकको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा उम्मेदवारी नदिने कुरा यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छु ।’

आफू रेसमा नरहे पनि पार्टीले उम्मेदवार चयन गर्दा युवा, भूगोल, सीमान्त वर्ग र समकालीन नेतृत्व हेर्नुपर्ने नेता पौडेलले सुझाव छ । उनी गत महाधिवेशनमा नेपाली कांग्रेस अर्घाखाँचीको सभापतिका उम्मेदवार थिए । केशव श्रेष्ठ सभापतिमा निर्वाचित हुँदा पौडेल उपविजेता बनेका थिए ।

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  २ : ३० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको