आफू चुनावी दौडमा नरहेको कांग्रेस नेता पौडेलको घोषणा « Khabarhub

आफू चुनावी दौडमा नरहेको कांग्रेस नेता पौडेलको घोषणा


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची- नेपाली कांग्रेस अर्घाखाँचीका नेता इन्द्रमणि पौडेलले आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा आफू उम्मेदवारको दौडमा नरहेको बताएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै उनले १४ औँ महाधिवेशनमा गरेका प्रतिबद्धताअनुसार नै आफू कुनै पनि लाभको पदमा नलागी संगठनको काममा लाग्ने संकल्प गरेको उल्लेख गरेका छन् ।

‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा म जिल्ला सभापतिमा उम्मेदवार बन्दै गर्दा आगामी चार वर्ष कुनै लाभको पद नलिई पार्टी र संगठनको काम गर्ने प्रतिबद्धता जाहेर गरेको कुरा मेरो संकल्प पत्रमा उल्लेख भएको सर्वविदितै छ,’ पौडेलले भनेका छन्, ‘धेरै शुभचिन्तक साथीहरूले तपाई उम्मेदवार बन्नुपर्छ भनिरहेको अवस्थामा मैले यस पटकको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा उम्मेदवारी नदिने कुरा यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छु ।’

आफू रेसमा नरहे पनि पार्टीले उम्मेदवार चयन गर्दा युवा, भूगोल, सीमान्त वर्ग र समकालीन नेतृत्व हेर्नुपर्ने नेता पौडेलले सुझाव छ । उनी गत महाधिवेशनमा नेपाली कांग्रेस अर्घाखाँचीको सभापतिका उम्मेदवार थिए । केशव श्रेष्ठ सभापतिमा निर्वाचित हुँदा पौडेल उपविजेता बनेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  २ : ३० बजे

दोलखामै पहिलो वैतेश्वरबाटै सुरु भयो नापी तथा मालपोत सेवा 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले जिल्लामै पहिलोपटक पालिकास्तरबाट नापी तथा मालपोत

‘सुनसरी गोलीकाण्डको नैतिक र राजनैतिक जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ’

काठमाडौं– जेन-जी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीको देवानगञ्जमा आइतबार

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

भद्रपुर– जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न