काठमाडौँ महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड « Khabarhub

काठमाडौँ महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ । बिहीबार दिउँसो गएको महानगर प्रहरीको टोलीले वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको हो ।

सडक र भवनमा राखिएका डिजिटल होर्डिङ बोर्डका कारण सवारी दुर्घटना बढेको भन्दै महानगरले डिजिटल होर्डिङ बोर्ड हटाउने अभियान सुरु गरेको हो । बिहीबार काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले यस्तो निर्णय लिएका थिए ।

ट्राफिक प्रहरीले सुरुदेखि नै डिजिटल होर्डिङ बोर्ड नराख्न आग्रह गर्दै आए पनि कुनै सुनुवाइ हुन सकेको थिएन । अनुमतिबिना चुरोट, रक्सी र अन्य मादक पदार्थको प्रचार गर्ने सबै डिजिटल बोर्ड अब हट्ने छन्।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ३ : ३१ बजे

टी-२० विश्वकपमा वेस्ट इण्डिजद्वारा स्कटल्याण्ड ३५ रनले पराजित

काठमाडौं- आईसीसी टी–२० विश्वकपअन्तर्गत दोस्रो खेलमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई पराजित

सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित

काठमाडौं– जाइका अलमनाइ एसोसिएसन फोरम अफ सार्क कन्ट्रिजको अध्यक्षमा नेपाल

कांग्रेस देश बदल्ने अभियानमा छ, एक भएर निर्वाचनमा जुटाैँ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भाद्र २३ र २४

काठमाडौंमा दाङका कांग्रेस उम्मेदवारको समर्थनमा युवा भेला

काठमाडौं— फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीनवटै

नाइजेरियामा दुई आक्रमण, ३० जनाको मृत्यु

जोस– नाइजेरियाको मध्य क्षेत्रस्थित बेन्यु राज्यका दुई स्थानमा केही दिनको