‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा « Khabarhub

‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा


१६ भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ को घोषणा गरिएको छ । ललितपुरमा बिहीबार आयोजित एक कार्यक्रममार्फत अभियानको घोषणा गरिएको हो ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरिएको हो । काठमाडौं–८ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सुमन सायमीसहितले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका हुन् ।

अभियानको संयोजकमा सायमी रहेका छन् । आगामी निर्वाचनमा देशभरबाट स्वतन्त्र उम्मेदवारी दिनेलाई एकत्रित गर्न अभियानको घोषणा गरेको सायमीले बताए । देशभरबाट उठ्ने स्वतन्त्र उम्मेदवारले एउटै चुनाव चिह्न र घोषणपत्र लिएर जनतामाझ जाने गरी अभियान घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा सायमी, काठमाडौं ५ बाट मधुसुदन पाठक, काठमाडौँ ९ बाट विद्या महर्जन, ललितपुर ३ बाट राजाराम तण्डुकार, रूपन्देही ५ बाट भिष्म रानालगायत विभिन्न निर्वाचन क्षेत्रबाट उठ्ने तयारी गरेका व्यक्तिको सहभागी थियो ।

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  ४ : ०४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको