‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा « Khabarhub

‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ को घोषणा गरिएको छ । ललितपुरमा बिहीबार आयोजित एक कार्यक्रममार्फत अभियानको घोषणा गरिएको हो ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरिएको हो । काठमाडौं–८ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सुमन सायमीसहितले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका हुन् ।

अभियानको संयोजकमा सायमी रहेका छन् । आगामी निर्वाचनमा देशभरबाट स्वतन्त्र उम्मेदवारी दिनेलाई एकत्रित गर्न अभियानको घोषणा गरेको सायमीले बताए । देशभरबाट उठ्ने स्वतन्त्र उम्मेदवारले एउटै चुनाव चिह्न र घोषणपत्र लिएर जनतामाझ जाने गरी अभियान घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा सायमी, काठमाडौं ५ बाट मधुसुदन पाठक, काठमाडौँ ९ बाट विद्या महर्जन, ललितपुर ३ बाट राजाराम तण्डुकार, रूपन्देही ५ बाट भिष्म रानालगायत विभिन्न निर्वाचन क्षेत्रबाट उठ्ने तयारी गरेका व्यक्तिको सहभागी थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ४ : ०४ बजे

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

सियोल– युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका