नेप्से १.०८ अंकले ओरालो, १ अर्ब ३८ करोडको कारोबार « Khabarhub

नेप्से १.०८ अंकले ओरालो, १ अर्ब ३८ करोडको कारोबार


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सेयर बजार बिहीबार सामान्य ओरालो लागेको छ । बुधवार करिब २२ अंकले घटेको सेयर बजार परिसूचक नेप्से बिहीबार १.०८ अंकले घटेर १९७२.२९ विन्दुमा झरेको छ ।

बैंकिङ, व्यापार, उत्पादन, अन्य, म्युचल फन्ड र लगानी समूहको सेयर सामान्य घटेको छ । अरू समूहको सेयर सामान्य बढेको छ । यस्तै २२५ वटा कम्पनीको ३९ लाख ५५ हजार ८८६ कित्ता सेयर १ अर्ब ३८ करोड ३४ लाख २ हजार १६२ रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १२ करोड २७ लाख रुपैयाँको सेयर किनबेच भयो । राप्ति हाइड्रो र गणपति लघुवित्तको सेयर ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार घटे पनि सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढेको छ । नेपाल टेलिकमको सबैभन्दा बढी कारोबार भएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ४ : १४ बजे

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर