विधायन व्यवस्थापन समितिले पारित गरेको नागरिकता विधेयक राष्ट्रिय सभामा पेस « Khabarhub

विधायन व्यवस्थापन समितिले पारित गरेको नागरिकता विधेयक राष्ट्रिय सभामा पेस


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विधायन व्यवस्थापन समितिले बहुमतले पारित गरेको नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ राष्ट्रिय सभामा पेस गरिएको छ ।

विधायन समितिले बुधबार बहुमतले पारित गरेको उक्त नागरिकता विधेयकसम्बन्धी प्रतिवेदन बिहीबार बसेको राष्ट्रिय सभामा समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले पेस गरेका हुन् ।

संघीय संसदका दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि आएको उक्त विधेयकलाई केही विषयमा संशोधनको आवश्यकता औँल्याउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सुझाव र सन्देशसहित फिर्ता पठाएकी थिइन् ।

यसपछि बसेको प्रतिनिधिसभा बैठकले विना संशोधन जस्ताको तस्तै उक्त विधेयक पारित गरिसकेको छ । प्रतिनिधिसभाले पारित गरेर सन्देशसहित राष्ट्रिय सभामा पठाइएको थियो ।

राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा छलफलका लागि पठाएको थियो । विधायन समितिले पनि विना संशोधन पारित गरी राष्ट्रिय सभामा पेस गरेको हो ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ४ : ३३ बजे

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी