विधायन व्यवस्थापन समितिले पारित गरेको नागरिकता विधेयक राष्ट्रिय सभामा पेस « Khabarhub

विधायन व्यवस्थापन समितिले पारित गरेको नागरिकता विधेयक राष्ट्रिय सभामा पेस


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विधायन व्यवस्थापन समितिले बहुमतले पारित गरेको नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ राष्ट्रिय सभामा पेस गरिएको छ ।

विधायन समितिले बुधबार बहुमतले पारित गरेको उक्त नागरिकता विधेयकसम्बन्धी प्रतिवेदन बिहीबार बसेको राष्ट्रिय सभामा समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले पेस गरेका हुन् ।

संघीय संसदका दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि आएको उक्त विधेयकलाई केही विषयमा संशोधनको आवश्यकता औँल्याउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सुझाव र सन्देशसहित फिर्ता पठाएकी थिइन् ।

यसपछि बसेको प्रतिनिधिसभा बैठकले विना संशोधन जस्ताको तस्तै उक्त विधेयक पारित गरिसकेको छ । प्रतिनिधिसभाले पारित गरेर सन्देशसहित राष्ट्रिय सभामा पठाइएको थियो ।

राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा छलफलका लागि पठाएको थियो । विधायन समितिले पनि विना संशोधन पारित गरी राष्ट्रिय सभामा पेस गरेको हो ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ४ : ३३ बजे

टी-२० विश्वकपमा वेस्ट इण्डिजद्वारा स्कटल्याण्ड ३५ रनले पराजित

काठमाडौं- आईसीसी टी–२० विश्वकपअन्तर्गत दोस्रो खेलमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई पराजित

सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित

काठमाडौं– जाइका अलमनाइ एसोसिएसन फोरम अफ सार्क कन्ट्रिजको अध्यक्षमा नेपाल

कांग्रेस देश बदल्ने अभियानमा छ, एक भएर निर्वाचनमा जुटाैँ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भाद्र २३ र २४

काठमाडौंमा दाङका कांग्रेस उम्मेदवारको समर्थनमा युवा भेला

काठमाडौं— फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङका तीनवटै

नाइजेरियामा दुई आक्रमण, ३० जनाको मृत्यु

जोस– नाइजेरियाको मध्य क्षेत्रस्थित बेन्यु राज्यका दुई स्थानमा केही दिनको