चलचित्र ‘झिङ्गेदाउ’ को विशेष प्रदर्शनी | Khabarhub Khabarhub

चलचित्र ‘झिङ्गेदाउ’ को विशेष प्रदर्शनी


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चलचित्र ‘झिङ्गेदाउ’को विशेष प्रदर्शनी गरिएको छ । कमलपोखरीस्थित विगमुभिजमा चलचित्र निर्माण पक्षले विभिन्न कलाकार र पत्रकारलाई चलचित्र देखाएको हो । यही भदौ १७ गते शुक्रबारदेखि प्रदर्शनमा आउने सो चलचित्रलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् ।

पारिवारिक कथावस्तुमा निर्माण भएको यस चलचित्रमा अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता कुशल विष्ट, मुकुन भुसालको मुख्य भूमिका रहेको छ भने हिँउवाला गौतम, प्रतिक्षा शाह, सङ्गम भण्डारी, आर्यन खड्का, आशा भुषाल, अभयराज बराल, विजय देउजालगायत कलाकारको अभिनय रहेको छ । घरपरिवारमा दाजुभाइबीच हुने प्रेम, झैँझगडा तथा विवादलाई चलचित्रको विषयवस्तु बनाइएको छ । चलचित्रमा अभिनेत्री केकी अधिकारी र आँचल शर्माले जेठानी–देउरानीको भूमिका देख्न सकिन्छ ।

कार्यक्रममा कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का, चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसी, कलाकार दिपाश्री निरौला, दीपकराज गिरी, मिथिला शर्मा, उत्तम केसी, अभिनेत्री स्वस्तिमा खड्का, रिमा विश्वकर्मालगायतका कलाकारको उपस्थिति थियो ।

चलचित्र हेरेपश्चात कलाकारले अभिनेत्री हिँउवाला गौतमको अभिनयलाई निकै तारिफ गरेका थिए । ‘चलचित्रमा नायकको भूमिका नै नायिकाले गर्नुभएको छ’, कलाकार मिथिला शर्माले भने । त्यसो भनिरहँदा अभिनेत्री गौतम निकै भावुक भएकी थिइन् । ‘चलचित्र हेरेर हाँस्दाहाँस्दै सबैको आँखा रसाएको पत्तै नहुने रहेछ’, कलाकार शर्माले भने । त्यस्तै निर्देशक तथा कलाकार निरौलाले चलचित्रको कथावस्तु मौलिक र अग्र्यानिक रहेको बताए ।

निर्माताका रूपमा सुलभ प्रतीक देउजा, समीक्षा देउजा रहेको यस चलचित्रमा साहित्यकार भिमनिधि तिवारीको कथा कृतिमा आधारित कथावस्तु रहेको छ । कपनगडी सिनेमा र फिल्मक्रियु नेपालको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप भारद्वाजको पटकथा र संवाद रहेको छ । यसअघि सार्वजनिक भएको चलचित्रको गीतलाई दर्शकले निकै मन पराएका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ४ : ४९ बजे

फौजदारी अपराधमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की

मकवानपुर– जेनजी प्रदर्शनको क्रममा भएका घटनाको बारेमा छानबिन गर्नका लागि

जेन-जी युवाहरूको एकता पहल गरिदिन प्रधानमन्त्री कार्कीसँग जेन-जेड युनाइटेडको माग

काठमाडौँ– ‘जेन–जेड युनाइडेट फर परिवर्तन’का प्रतिनिधिहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल

बद्रीनारायण धाममा पहिलोपटक ‘एकादशी मेला’ हुने

काठमाडौँ– काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा निर्माण गरिएको बद्रीनारायण धाममा पहिलोपटक

झापामा जङ्गली हात्तीको त्रास, बाली थन्क्याउन नपाएको गुनासो

झापा- भारतबाट आएका जङ्गली हात्तीले दुई दिन अघि एकाबिहानै मेचीनगर

जेनजी आन्दोलनमा प्रहरी हत्या आरोप लागेका भण्डारी जेल चलान

काठमाडौँ– जेनजी आन्दोलनका क्रममा काठमाडौँको कोटेश्वर प्रभागमा प्रहरीको हत्या गरेको