कांग्रेस महामन्त्री शर्मा झापा १ बाट सर्वसम्मत सिफारिस « Khabarhub

कांग्रेस महामन्त्री शर्मा झापा १ बाट सर्वसम्मत सिफारिस


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- नेपाली कांग्रेस झापा क्षेत्र नं १ बाट आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्माको एकल नाम सर्वसम्मत सिफारिस गरिएको छ ।

क्षेत्र नं १ मा शर्मालाई उम्मेद्वार बनाउनुपर्ने भन्दै जिल्ला पार्टी उपसभापति केशव पाण्डेले प्रस्ताव गरेका थिए । पाण्डेले गरेको प्रस्तावलाई क्षेत्रीय समितिले सर्वसम्मत पारित गरेको हो ।

क्षेत्र नं १ प्रदेशसभा क्षेत्र ‘क’ बाट प्रत्यक्षमा तारावीर कट्वाल, गोपाल तामाङ र बालजित राईलाई सिफारिस गरिएको छ भने समानुपातिकतर्फ भरत सुब्बा र खड्ग धिमाल, महिलातर्फ राधा कार्की र बीना तामाङलाई सिफारिस गरिएको छ ।

क्षेत्र नं १ प्रदेशसभा क्षेत्र ‘ख’ बाट प्रत्यक्षतर्फ लोकराज ढकाल, प्रेम सम्बाहाम्फे र देवेन्द्र गौतमलाई सिफारिस गरेको क्षेत्रीय समिति बैठकले समानुपातिकतर्फ चक्र शेर्मा र झुमा बानियाँलाई सिफारिस गरेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ८ : १२ बजे

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी