तीन हप्तादेखि पासाङल्हामु मार्गको रसुवा खण्ड अवरुद्ध « Khabarhub

तीन हप्तादेखि पासाङल्हामु मार्गको रसुवा खण्ड अवरुद्ध


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पासाङल्हामु सडकखण्ड अन्तर्गत रसुवाको उत्तरगया–५ बनुवा घुम्तीमा सडक भासिएर गत साउन २४ गते राति पहिरो गएपछि उक्त सडक हालसम्म अवरुद्ध छ । सोही कारण वैकल्पिक सडक धारापानीबाट तारुके हुँदै बेल चउर निस्कने सडक प्रयोगमा ल्याइएको छ ।

उक्त सडकखण्डमा स–साना सवारी साधनलाई मात्र आवतजावत गर्न भनिएको रसुवा प्रहरीले जनाएको छ । भासिएको सडकको मर्मतको काम सडक डिभिजन नुवाकोटबाट भइरहेको छ ।

उक्त स्थानमा १२ मिटर उचाइको करिब एकसय मिटर लम्बाइको पर्खाल निर्माण गरेर सडक बनाइरहेको डिभिजन प्रमुख अमृतमणि रिमालले जानकारी दिए ।

अनुसार अहिलेसम्म छ सय घनमिटर ढुङ्गा भर्ने काम सम्पन्न भएको छ । सडकको मर्मतको काम हाल २५ प्रतिशत सकिएकाले पूरा हुन भदौ महिना लाग्ने देखिन्छ ।

यो सडक सञ्चालन नहुँदा ससाना सवारीसाधनलाई धारापानीबाट बेलचउर हुँदै र ठूला सवारी साधनलाई बेत्रावतीबाट मैलुङ हुँदै स्याफ्रुबेँसी आवतजावत गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ८ : २० बजे

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक

राप्रपाका उम्मेदवार भण्डारीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का उम्मेदवार डा सुरेन्द्र सुरेन्द्र भण्डारीलाई

पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं – पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको

के अक्षय खन्ना ‘रेस ४’ को हिस्सा बन्नेछन् ?

काठमाडौं – बलिउड फिल्म ‘धुरन्धर’ मा अक्षय खन्नाको दमदार अभिनयले