त्रिविको समस्या प्राज्ञिक बहसबाट समाधान गर्न सङ्घको सुझाव « Khabarhub

त्रिविको समस्या प्राज्ञिक बहसबाट समाधान गर्न सङ्घको सुझाव


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्राध्यापक सङ्घले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का समस्या प्राज्ञिक संवादबाट समाधान गर्न आग्रह गरेको छ ।

आज सङ्घका अध्यक्ष प्रा डा रमेशकुमार जोशीले विज्ञप्ति जारी गर्दै त्रिवि जस्तो गरिमामय संस्थामा अस्थिरता निम्त्याउनु, त्रिविमा अध्ययन गर्ने विद्यार्थीमा दिनप्रतिदिन नैराश्य जागृत गराइनुु, कर्मचारी र प्राध्यापक वर्गलाई पनि बारम्बार नकारात्मक बनाउने जस्ता अवस्था सिर्जना भइरहनु गलत रहेको बताएका छन् ।

उनले यस्ता अशोभनीय कार्यको छिटोभन्दा छिटो प्राज्ञिक संवादको अभ्यासबाट समाधान निकाल्न आग्रह गरेका हुन्। विभिन्न प्रकारका माग राखी तालाबन्दी गर्ने, भौतिक दबाव दिने जस्ता क्रियाकलापले प्राज्ञिक बहसको स्थलका रुपमा रहेको त्रिविमा अप्राज्ञिक एवं अमर्यादित गतिविधि गरिनु कुनै पनि दृष्टिले उचित मान्न नसकिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ८ : ३२ बजे

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार