रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो « Khabarhub

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)बीचको भेटवार्ताले नेपाली राजनीतिमा चर्चा पाएको छ।

रवि कारागारबाट छुटेपछि देखिएको राजनीतिक सक्रियता र बालेनसँगको भेटलाई राजनीतिक वृतमा चुनावी सहकार्यका रुपमा चर्चा गरिएको छ।

यो चर्चायोग्य भेट कमलपोखरीस्थित निवर्तमान सांसद एवम् रास्वपाका केन्द्रीय सदस्य असिम शाहको घरमा भएको हो। रवि र बालेनको भेटपछि शाहले सामाजिक सञ्जालमा कथाको सुखद् सुरुवात भएको बताएका छन्। उनले रवि र बालेनको भेटलाई दुई दाजु भाइको मिलनको संज्ञासमेत दिएका छन्। उनले यो व्यक्तिले नभएर देशले खोजेको आशाको मिलन भएको दाबी गर्दै सबै नेपालीलाई बधाईसमेत दिएका छन्।

कुराकानी के भयो र छलफल के मा केन्द्रित थियो भन्ने नखोलेका नेता साह भन्छन्, ‘अन्ततः कथाको सुखद् सुरुवात भएको छ। रवि र बालेन दुई दाजुभाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपालीलाई बधाई।’

शाहको निवासमा बालेन र रविले पाँच घण्टा बिताएका छन्। सोमबार राति ८ बजेदेखि शाह निवासमा भेट भएका बालेन र रवि राति १ बजेमात्र त्यहाँबाट बाहिरिएका थिए।

रवि र बालेनसँगको छलफलमा रास्वपाका उपसभापति डिपी अर्यालसमेत सहभागी थिए भने बालेन समूहबाट कुमार बेनसँगै थिए। यत्ति लामो छलफल भए पनि कुनै समूहले भेटवार्ताबारे औपचारिक विषय सार्वजनिक गरेका छैनन्।

लामो भेटवार्तावार्तापछि सभापति लामिछाने र मेयर बालेन एउटै गाडीबाट बाहिरिएको दृश्य भने सामाजिक सञ्जालमा चर्चामा छ।

बालेन र रविको भेट भएको घरधनी रास्वपा नेता असिम विघटित प्रतिनिधिसभाका समानुपालिक सांसद हुन्। मुस्लिम समुदायबाट शाह सांसद बनेका व्यक्ति हुन्। उनी पूर्व फिल्म निर्देशकसमेत हुन्।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ६ : ५० बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा