दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज दिनभर पूर्वाग्राही ढंगले अभियोग लगाएको जबराको आरोप, आगामी निर्वाचनका लागि डडेलधुराबाट शेरबहादुर देउवा सिफारिस, स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान घोषणा, विधायन समितिद्वारा नागरिकता सम्बन्धी विधेयक राष्ट्रियसभामा  पेश, स्वास्थ्य मन्त्री र काठमाडौँका मेयर बालेन्द्रबीच भेटवार्ता लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

पूर्वाग्राही ढंगले अभियोग लगाएको जबराको आरोप
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफुमाथिको महाभियोग पूर्वाग्राही ढंगले आएको बताएका छन्।

सिंहदरबारमा बिहीबार बसेको महाभियोग सिफारिस समितिको बैठकमा जवराले प्रधानन्यायाधीश असक्षम र पूर्णतः विफल हुन पुगेको भन्ने आरोपको पुष्टि हुने कुनै आधार नै नरहेको भन्दै आफुमाथिको महाभियोग समेत पूर्वाग्राही ढंगले आएको बताएका हुन् ।

पूर्वाग्राही ढंगले आरोप लगाउनु अनुचित भएको उनको भनाई छ । उनले महाभियोग लगाउदा पुष्टि हुने कुरा पनि उल्लेख गर्नुपर्ने भएपनि त्यसो नगरेकाले प्रक्रिया नै गलत भएको जिकिर गरे ।

समितिका सभापति रामबहादुर विष्टले अर्को बैठक आइतबार बस्ने र थप प्रश्न सोधिने जानकारी दिए । उनले प्रश्नको जवाफ जवराले दिइरहेको भन्दै जवाफका बारेमा पछि छलफल हुने र निष्कर्षमा पुगिने बताए ।

छानविनको प्रक्रिया प्रति जवराले आपत्ती जनाएपछि समिति सदस्य सांसद रेखा शर्माले नियमावली र संविधानको व्यवस्था अनुसार नै आफुहरु समितिमा उपस्थीति भएको जानकारी दिइन् ।

त्यस्तै समिति सदस्य कल्याणी खड्काले निलम्बित प्रधानन्यायाधीश जबराको उत्तरले समितिमाथि नै प्रश्न उठाएको भन्दै आपत्ती जनाइन ।
त्यस्तै बयानका क्रममा जबराले आफ्नै नेतृत्वमा व्यक्तिका नाममा भएका सरकारी जग्गा सार्वजनिक कायम र करछलीका मुद्दा फैसला भएको बताए । जबरामाथिको बयान आइतबार पनि जारी रहनेछ ।

आगामी निर्वाचनका लागि डडेलधुराबाट शेरबहादुर देउवा सिफारिस
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा निर्वाचनका लागि डडेलधुराबाट सर्वसम्मत भएका छन्। एकमात्र क्षेत्र रहेको डडेलधुराबाट उनी सर्वसम्मत भएको कांग्रेस नेताहरुले जानकारी दिएका छन् ।

डडेलधुराको प्रदेश क र ख क्षेत्रीय समितिलाई देउवालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो। ’नेपाली कांग्रेस डडेलधुरा प्रदेश ‘क’ र ‘ख’ क्षेत्रीय समितिले देउवालाई सर्वसम्मत रुपमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको डडेलधुराका एक नेताले जानकारी दिए । डडेल्धुरामा देउवाले २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका छन् ।

स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान घोषणा
आगामी निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका समूहहरुले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन् ।

बिहीबार ललितपुरमा स्वतन्त्र उम्मेदवारहरुले साझा चुनाव चिन्ह, साझा घोषणा पत्र र साझा उम्मेदवारका लागि अभियान घोषणा गरेको हो । सो क्रममा अभियानले प्रतिनिधिसभाका ९ उम्मेदवार घोषणा गरेको छ ।

कार्यक्रममा अभियानका संयोजक सुमन सायमीले दलीय वेथितिको अन्त्य गर्न स्वतन्त्र उम्मेदवारलाई जिताउन आग्रह गरे । उनले स्वतन्त्र उम्मेद्वारहरुलाई अन्तिममा मात्रै चिन्ह प्रदान गर्ने र समानुपातीक मतको पनि कुनै औचित्य नहुने गरि निर्वाचन आयोगको पक्षपातीपूर्ण काम गरेको बताए ।

विधायन समितिद्वारा नागरिकता सम्बन्धी विधेयक राष्ट्रियसभामा  पेश
विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ सम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेश गरेको छ बिहीबार बसेको राष्ट्रियसभा बैठकमा समितिका जेयष्ठ सदस्य नारायण दत्त मिश्रले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त नागरिकता बिधेयक सम्बन्धी प्रतिवेदन पेश गरेका हुन् ।

समितिमा उक्त बिधेयकमाथि दुई दिन छलफल भई हुबहु पारित भएको थियो । बिधेयकमा सम्बन्धमा भएको छलफलका क्रममा गृहमन्त्री, कानून मन्त्रालय लगाएत सवै सरोकारवालाहरुसंग छलफल गरेको मिश्रले जानकारी दिए ।

त्यस्तै बैठकमा प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त कारागार विधेयक २०७६ सम्बन्धी प्रतिवेदन पेश गरिएको थियो भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिका सदस्य देवेन्द्र दाहालले समितिको वार्षिक प्रतिवेदन २०७६ र एकीकृत प्रतिवेदन २०७९ पेश गरेका हुन् ।

स्वास्थ्य मन्त्री र काठमाडौँका मेयर बालेन्द्रबीच भेटवार्ता
काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङसँग भेटवार्ता गरेका छन् ।

काठमाण्डौ महानगरपालिकाभित्र रहेका ठूला सरकारी अस्पतालमा सेवा प्रवाह राम्रो नभएको, फोहर व्यवस्थापन नभएको, शुल्क महँगो भएको लगायतका गुनासा आएको भन्दै मेयर शाहले स्वास्थ्य मन्त्रीलाई भेटेका हुन् ।

छलफलमा स्वास्थ्य मन्त्री खापुङ, राज्यमन्त्री हिराबहादुर केसी, स्वास्थ्य सचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक, वीर अस्पताल, ट्रमा सेन्टर, प्रसूति गृह, सिभिललगायतका अस्पतालका निर्देशक सहभागी थिए ।

शिक्षा मन्त्रालय र विद्यालय कर्मचारी परिषदबीच सहमति

सामुदायिक विद्यालय कर्मचारी परिषद्, शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिने सहमति भएकोे छ ।

बुधबार बसेको त्रीपक्षीय वार्तामा विद्यालय कर्मचारी सहायक (लेखापाल) लाई नायव सुब्बा सरह र विद्यालय सहयोगीहरुको लागि श्रेणी विहीन सरहको तलब दिने सहमति जुटेको छ ।

यसअघि भएका सहमतिहरुमा पनि अर्थमन्त्रालयले बजेट नदिएकोले समस्या भएको भन्दै अर्थमन्त्रालय सहित वार्ता हुनुपर्ने परिषद्ले अडान लिएपछि शुक्रबार अर्थमन्त्रालय सहित वार्ता हुने परिषदका महासचिव शान्तिनाथ योगीले जानकारी दिए ।

डेंगु संक्रमणको जोखिम बढ्दै
मोरङको विराटनगरमा पछिल्लो समय डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ । फोहोर व्यवस्थापन र लामो समयदेखि लामखुट्टे मार्ने विषादी छर्किने कार्य नहुँदा डेंगु संक्रमणको जोखिम बढ्दै गएको हो।

व्यवस्थित उपचार र जोखिम पूर्वानुमानको कार्यसमेत नभएपछि यसले थप चुनौती थपेको छ । विराटनगरस्थित कोशी अस्पतालले दिएको तथ्यांक अनुसार पछिल्लो हप्ता दुई जनामा डेंगुको संक्रमण पुष्टि भएको छ।

भदौ ८ गतेदेखि १६ गतेसम्म आरिडिटी प्रविधिबाट १९ जनामा रगतको सेरोलोजी परीक्षण गर्दा विराटनगरकै दुई जनामा डेंगु पोजिटिभ देखिएको हो।

भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजानिक
भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ। अंग्रेजी महिलाको पहिलो दिन भारतले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको हो ।

भारतको नयाँ मूल्यसूची अनुसार पेट्रोलको प्रतिलिटर मूल्य १.३९ रुपैयाँ र डिजेलको प्रतिलिटबर ६.१२ रुपैयाँ बढाइएको छ। यो मूल्य निगमले आजदेखि नै तिर्नुपर्ने हुन्छ। नयाँ मूल्य सूचीसँगै पेट्रोलमा दुई रुपैयाँ नाफा घटेको छ भने डिजेलमा १२ रुपैयाँ नोक्सानी हुने नेपाल आयल निगमले जनाएको छ।

त्यस्तै हवाइ इन्धनमा समान्य मूल्य बढाइएको छ भने ग्यासको मूल्य प्रतिसिलन्डर एक रुपैयाँले घटेको छ । नेपालमा हालः पेट्रोलको मूल्य १८१, डिजेल र मट्टितेलको मूल्य १७२ र ग्यास प्रतिसिलिन्डर १८ सय रहेको छ।

शेयर बजार सामान्य घट्यो
शेयर बजार आज बिहीवार सामान्य घटेको छ । हिजो बुधवार झन्डै २२ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १ दशमलव शून्य आठ अङ्कले घटेर एक हजार नौ सय ७२ दशमलव २९ विन्दुमा झरेको छ । आज बैंकिङ, व्यापार, उत्पादन, अन्य, म्युचल फन्ड र लगानी समूहको शेयर सामान्य घटेको छ ।

अरू समूहको शेयर सामान्य बढेको छ । यस्तै दुई सय २५ वटा कम्पनीको ३९ लाख ५५ हजार कित्ता शेयर एक अर्ब ३८ करोड ३४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १२ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज राप्ति हाइड्रो र गणपति लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको शेयर १० प्रतिशतले बढेको छ ।

अडियाे सुन्नुहाेस् :

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ९ : ०३ बजे

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फरेस्टसँग म्यानचेस्टर सिटी पराजित

काठमाडौं – इङ्ग्लिस प्रिमियरसिपको शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

लिभरपुलको ‘कमब्याक’ जितमा मोहम्मद सलाहले गरे दुई गोल

काठमाडौं – एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै लिभरपुलले इङ्ग्लिस

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर