भारतीय हस्तकला मेलामा नेपाली सामान प्रदर्शन हुने | Khabarhub Khabarhub

भारतीय हस्तकला मेलामा नेपाली सामान प्रदर्शन हुने


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल हस्तकला महासङ्घले भारतीय हस्तकला मेलामा नेपाली हस्तकलाका सामग्री प्रदर्शन गर्ने भएको छ ।

भारतीय एक्जिम बैंकको आयोजनामा आगामी भदौ १८ गतेदेखि २१ गतेसम्म हस्तकला एकेडेमी नयाँदिल्लीमा हुन लागेको एक्जिम बजार प्रदर्शनीमा नेपाली हस्तकला प्रदर्शन गर्न लागिएको हो ।

महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले मेलामा नेपाली परम्परागत तथा समकालीन हस्त एवं शिल्पकला प्रदर्शनमा राखिने जानकारी दिए । ‘नेपाली हस्तकला प्रदर्शनीले भारतीय बजारमा नेपाली कलाकारले उत्पादन गरेका कलाकृति प्रदर्शन गर्दा व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नेछ’, उनले भने ।

उक्त मेलामा मैनमूर्ति कलाकार मनोज शाक्य, फिलिग्री कलाकार सुरज शाक्य, काष्ठ कलाकार बज्रबहादुर शिल्पकार, रेशाजन्य कलाकार रमेश श्रेष्ठ र धातुमूर्ति कलाकार उदीप शाक्यको सहभागिता रहने महासङ्घले जनाएको छ ।

मेलामा हस्तकला विधामा संलग्न उद्यमी, कलाकार, कालीगड, सीप, दक्षता तथा कार्यकुशलता अभिवृद्धिका साथै एकअर्काको सीप, प्रविधि, अनुभव आदानप्रदान हुने विश्वास महासङ्घले लिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  १० : ०० बजे

दुर्गा प्रसाईँ भन्छन्– ‘माहोल बनेपछि लिङ्देन र थापा ढोक्सा थाप्न आइपुगे’

काठमाडौं– राजा ल्याउने भनेर एकीकृत भएका समूहमा विभाजन देखिएको छ

गणतन्त्रको विकल्प अरू हुन सक्दैन : सिके राउत

महोत्तरी– जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले राजावादीहरूको सक्रियतालाई

‘जनताले राजासहितको लोकतन्त्र खोजेका छन्’

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सच्चा लोकतन्त्रवादीले राजा आउँदा

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता 

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन

सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– ४ सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु