भारतीय हस्तकला मेलामा नेपाली सामान प्रदर्शन हुने « Khabarhub

भारतीय हस्तकला मेलामा नेपाली सामान प्रदर्शन हुने


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल हस्तकला महासङ्घले भारतीय हस्तकला मेलामा नेपाली हस्तकलाका सामग्री प्रदर्शन गर्ने भएको छ ।

भारतीय एक्जिम बैंकको आयोजनामा आगामी भदौ १८ गतेदेखि २१ गतेसम्म हस्तकला एकेडेमी नयाँदिल्लीमा हुन लागेको एक्जिम बजार प्रदर्शनीमा नेपाली हस्तकला प्रदर्शन गर्न लागिएको हो ।

महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले मेलामा नेपाली परम्परागत तथा समकालीन हस्त एवं शिल्पकला प्रदर्शनमा राखिने जानकारी दिए । ‘नेपाली हस्तकला प्रदर्शनीले भारतीय बजारमा नेपाली कलाकारले उत्पादन गरेका कलाकृति प्रदर्शन गर्दा व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नेछ’, उनले भने ।

उक्त मेलामा मैनमूर्ति कलाकार मनोज शाक्य, फिलिग्री कलाकार सुरज शाक्य, काष्ठ कलाकार बज्रबहादुर शिल्पकार, रेशाजन्य कलाकार रमेश श्रेष्ठ र धातुमूर्ति कलाकार उदीप शाक्यको सहभागिता रहने महासङ्घले जनाएको छ ।

मेलामा हस्तकला विधामा संलग्न उद्यमी, कलाकार, कालीगड, सीप, दक्षता तथा कार्यकुशलता अभिवृद्धिका साथै एकअर्काको सीप, प्रविधि, अनुभव आदानप्रदान हुने विश्वास महासङ्घले लिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  १० : ०० बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग