एलिसन फेलिक्स एथलेटिक्स जगतकी शीर्ष खेलाडी। सन् २००० देखि २०२१ सम्म ओलम्पिक खेलकुद माइकल फ्लेप्सको सेरोफेरोमा घुमेको थियो। फेलिक्स पनि त्यसै समयकी खेलाडी। यस कारण फ्लेप्सको प्रभावका बितेको त्यो कालखण्डमा फेलिक्स लगायत धेरेको चर्चा हुन नै पाएन।
माइकल फ्लेप्सको सनसनीपूर्ण त्यो युगमा धावक युसेन बोल्टको पनि उदय भएपछि यी दुई कै सेरोफेरोमा विश्व खेलकुद घुमेको थियो। मास गेममा लीयोनल मेसी र क्रिस्टीयानो रोनाल्डोबीच उत्कृष्टताको होडबाजी चलेको युगमै क्लास गेममा फ्लेप्स र बोल्टको सामु अन्य कुनै स्टारको त्यस समयमा चर्चा हुन नै पाएन।
यसरी यी दुईको छायामा परेर सुपरस्टारको रूपमा संसारमा माझमा छवि बनाउन असफल व्यक्तित्व मध्यकी एक स्टार फेलिक्स अहिले पनि धेरै मिडिल स्प्रिज्ट धावकका लागि प्रेरणाको श्रोत हो। टोकियो ओलम्पिकमा आइपुग्दा श्रीमानलाई छोरा बोकाएर आफू ट्याकमा ओर्लने गरेकी यी धाविकाका हरेक रेस हेर्न आतुर हुनेको सङ्ख्या संसारमा पक्कै कम छैन।
फेलिक्स मात्र होइन फ्लेप्स बोल्टको छायामा धेरै ओलम्पियन रहे। अमेरिकी पौडी वाज रेयन लोक्टे, र जमैकाका स्टार सानी अल फ्रेजियर यस बिचमा फ्लेप्सको छायामा परेका नाम हुन्।
सबै भन्दा बढी छायामा त अमेरिकी पौडीबाज रेन लोक्टे नै रहे। फ्लेप्स भन्दा एक वर्ष जेठा लोक्टे ओलम्पिकमा यात्रामा भने अलि पछाडि रहे। फ्लेप्स सन् २००० मा पहिलो पटक १५ वर्षको उमेरमा ४ सय मिटर व्यक्तिगत मेड्लीमा सहभागिता जनाएका थिए। सो ओलम्पिकमा उनले कुनै स्वर्ण पदक जित्न सकेका थिएनन्।
लोक्टीको उदय सन् २००४ को ओलम्पिकमा भएको हो। त्यसो त उनी सुरुमा ब्याकस्ट्रोक र फ्रिस्टाइलका राम्रा पौडीबाज थिए। कलेज सुरु भए पछि उनलाई प्रशिक्षक ग्रेग टोयले मेड्लीमा पनि प्रयोग गरेका थिए।
सन् २००४ को ओलम्पिकमा चर्चा सुरु हुँदा उनलाई राम्रो पौडीबाजको गणना कसैले पनि गरेका थिएनन्। उनी फ्लेप्स भन्दा पछाडि रहँदै ओलम्पिकका लागि दुई सय मिटर व्यक्तिगत मेड्लीमा छनोट भएका थिए। त्यस ओलम्पिकमा पनि उनले रजत पदक जिते।
ओलम्पिकमा उनी र फ्लेप्स सहितको टोलीले चार गुणा दुई सय मिटर रिलेको स्वर्ण पदक पनि जितेको थियो। सन् २००८ मा दुई सय मिटर ब्याकस्ट्रोकमा उनले विश्व कीर्तिमान पनि कायम गरेका थिए। त्यस स्पर्धामा उनले ओलम्पिक स्वर्ण पदक पनि जितेका थिए।
सन् २००९ को विश्व च्याम्पियनसिपमा दुई विश्व कीर्तिमान कायम गरेका उनले सन् २०१२ को ओलम्पिकमा पनि अमेरिकी टोलीको प्रतिनिधीत्व गरेका थिए। २००८ मा उनले २ सय मिटर व्यक्तिगत मेड्ली र चार गुणा दुई सय मिटर फ्रिस्टाइल रिलेमा स्वर्ण पदक जितेका हुन्।
२०१२ को लन्डन ओलम्पिकमा भने उनी चार गुणा दुई सय मिटर रिलेमा स्वर्ण पदक जित्न सफल भएका थिए। यसैगरी चार सय मिटर व्यक्तिगत मेड्लीमा पनि उनले स्वर्ण पदक जिते। ४ गुणा १ सय मिटर रिलेमा भने अमेरिका बलियो अवस्थामा रहे पनि उनकै कमजोरीका कारण रजत पदकमा सीमित भएको थियो। उनले फ्लेप्स भन्दा पछाडि रहँदै दुई सय मिटर व्यक्तिगत मेड्लीमा रजत तथा तथा दुई सय मिटर ब्याकस्ट्रोकमा कांस्य पदक जिते।
सन् २०१६ को लन्डन ओलम्पिकमा भने उनी लगातार चौंथो पटक रिलेको स्वर्ण पदक जित्न सफल भएका थिए।
फेलिक्सले सन् २००३ देखि २०१३ सम्म दुई सय मिटरमा प्रभाव जमाएकी थिइन्। यसै इभेन्टमा उनले सन् २०१२ को लन्डन ओलम्पिकमा स्वर्ण पदक पनि जितेका थिइन्। त्यसपछि चार सय मिटरमा आफूलाई केन्द्रित गरेकी उनले लन्डन ओलम्पिकमा त रिलेका दुई स्वर्ण पदक पनि जितेकी थिइन्।
यस अगाडि उनी सन् २००४ को एथेन्स ओलम्पिकमा दुई सय मिटरमा रजत पदक जित्न सफल भएकी थिइन् भने सन् २००८ को बेइजिङ ओलम्पिकमा दुई सय मिटरमा रजत तथा ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण पदक जित्न सफल भएकी थिइन्।
रियो ओलम्पिकमा चार सय मिटरमा रजत पदक जितेकी उनले त्यसै ओलम्पिकमा दुवै रिलेमा स्वर्ण पदक जितेकी थिइन्। गत वर्ष भएको ओलम्पिकमा उनले चार सय मिटरमा कांस्य तथा चार गुणा चार सय मिटर रिलेमा स्वर्ण पदक जितेकी थिइन्। त्यो नै उनको अन्तिम ओलम्पिक थियो।
यसै वर्ष भएको विश्व च्याम्पियनसिपमा उनी चार गुणा चार सय मिटर रिलेको हिट चरणमा दौडिएकी थिइन्। अमेरिकी टोली पहिलो भए पछि त्यस स्पर्धामा स्वर्ण पदक जित्दै खेल जीवनको सुखद रूपले ओलम्पिक अभियानको अन्त्य गर्न सफल भइन्। चार गुणा चार सय मिटर मिश्रित रिलेमा उनको टोली कांस्य पदकमा सीमित भएको थियो।
ओलम्पिक भन्दा विश्व च्याम्पियनसिप भने उनका लागि स्वर्णिम बनेका थिए। सन् २०१९ मा पनि चार गुणा चार सय महिला र मिश्रित दुवै रिलेमा स्वर्ण पदक जित्न उनी सफल भएकी थिइन्। त्यस अगाडी २०१७ मा भएको विश्व च्याम्पियनसिपमा उनले चार सय मिटरमा कांस्य दिक जितेकी थिइन् भने चार गुणा एक सय र चार गुणा चार सय मिटरमा स्वर्ण पदक जितेकी थिइन्।
सन् २०१५ को बेइजिङ विश्व च्याम्पियनसिपमा भने उनले चार सय मिटरमा स्वर्ण तथा दुई रिलेमा रजत पदक जितेकी थिइन्।
उनले पहिलो पटक सन् २००३ मा विश्व च्याम्पियनसिपमा सहभागिता जनाए पनि पदक जित्न सकेकी थिइनन्।
सन् २००५ र २००७ को विश्व च्याम्पियनसिपमा उनले दुई सय मिटरमा स्वर्ण पदक जितेकी थिइन्। साथै सन् २००७ मा रिलेका दुई स्वर्ण पदक पनि जितेकी थिइन्।
सन् २००९ को विश्व च्याम्पियनसिपमा उनले दुई सय मिटरमा स्वर्ण पदक जित्नुका साथै चार गुणा चार सय मिटर रिलेको पनि स्वर्ण पदक जितेकी थिइन्।
सन् २०११ को विश्व च्याम्पियनसिपमा उनले दुवै रिलेमा स्वर्ण पदक जित्नुका साथै दुई सय मिटरमा कांस्य तथा चार सय मिटरमा रजत पदक जितेकी थिइन्। त्यसपछि सन् २०१३ मा भएको विश्व च्याम्पियनसिपमा भने उनले चोट बोकेको कारण कुनै पदक जित्न सकेकी थिइनन्।
संसारमा खेल होस या प्रविधि सर्वत्र अमेरिकी उत्कृष्टता सर्वविदित विषय हो। दुई महत्त्वपूर्ण खेलकुद एथलेटिक्स र पौडीको अमेरिकी इतिहास सधैँ गर्वीलो रहेको थियो।
त्यो गर्वीलो इतिहासमा धेरै जनाको नाम स्वर्णिम अक्षरले लेखिएका छन्। सन् १९७० को दशकमा स्टार पौडीबाज मार्क स्पीट्जदेखि ८० को दशकमा धावक कार्ल लुइससम्मलाई आदर्श मान्नेको जमात संसारमा उत्तिकै थियो। खेलकुदको इतिहास पढ्नेका लागि ती नाम अहिले पनि उत्तिकै आदर्श नाम हुन्।
आफूहरूको पूर्ण पकड रहेको क्षेत्रमा युसेन बोल्टको उदय अमेरिकी वृत्तमा केही समय धक्काको विषय पक्कै हो। भलै बोल्ट युग पछि एथलेटिक्सको स्प्रिन्ट स्पर्धामा अमेरिकाको प्रभाव छदै छ। यो लामो इतिहासमा अमेरिकी प्रभाव कायम राख्न धेरै स्टारको भूमिका छदै छ। फ्लेप्स युगमै अमेरिकी दबदबालाई कायम राख्ने थप सारथि भने फेलिक्स र लोक्टे थिए। जो सदाबहार थिए। जो दुई दशक पुल र ट्याकमा उत्तिकै छाइ रहे। स्रोत : स्वीमस्वाम, वर्ल्ड एथलेटिक्स, टिम यूएसए
प्रतिक्रिया