सुकीका सल्लाहकारलाई तीन वर्षको जेल सजाय | Khabarhub Khabarhub

सुकीका सल्लाहकारलाई तीन वर्षको जेल सजाय


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यांगुन – म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीका पूर्व सल्लाहकार तथा अष्ट्रेलियाका एक प्राध्यापकलाई सैन्य अधिकारीले तीन वर्षको जेल सजाय सुनाएको छ।

जुन्ताले सुकीलाई गिरफ्तार गरेको र उनको निर्वाचित सरकारलाई कुद्वारा अपदस्थ गरेको केहीदिन पछि सियान टर्नेललाई फेब्रुवरी २०२१ मा यांगुनमा हिरासतमा राखिएको थियो।

सुकीसँगै उनलाई आधिकारिक गोप्य ऐन उल्लंघन गरेको आरोप लगाइएको छ। दुबै जनाले उक्त आरोप अस्वीकार गरेका छन्। अधिकारवादी समूहले आलोचना गर्दै आएको उक्त मुद्दामा उनीहरूलाई बिहीबार सजाय सुनाइएको हो। अष्ट्रेलियाले पनि अदालतको निर्णयलाई अस्वीकार गरेको जनाएको छ।

‘अष्ट्रेलिया सरकारले म्यानमारको सैन्य शासनद्वारा अन्यायपूर्ण रूपमा हिरासतमा राखेको १९ महिनाभन्दा बढी अवधिमा प्राध्यापक टर्नेलविरुद्ध लगाइएको आरोपलाई निरन्तर अस्वीकार गर्दै आएको छ ’, अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले भने, ‘हामी प्रोफेसर टर्नेललाई अष्ट्रेलियामा आफ्नो परिवारमा नफर्केसम्म कडा रूपमा वकालत गर्ने हरेक अवसरलाई निरन्तरता दिनेछौं। ’

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ९ : ५१ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि