सुकीका सल्लाहकारलाई तीन वर्षको जेल सजाय « Khabarhub

सुकीका सल्लाहकारलाई तीन वर्षको जेल सजाय


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यांगुन – म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीका पूर्व सल्लाहकार तथा अष्ट्रेलियाका एक प्राध्यापकलाई सैन्य अधिकारीले तीन वर्षको जेल सजाय सुनाएको छ।

जुन्ताले सुकीलाई गिरफ्तार गरेको र उनको निर्वाचित सरकारलाई कुद्वारा अपदस्थ गरेको केहीदिन पछि सियान टर्नेललाई फेब्रुवरी २०२१ मा यांगुनमा हिरासतमा राखिएको थियो।

सुकीसँगै उनलाई आधिकारिक गोप्य ऐन उल्लंघन गरेको आरोप लगाइएको छ। दुबै जनाले उक्त आरोप अस्वीकार गरेका छन्। अधिकारवादी समूहले आलोचना गर्दै आएको उक्त मुद्दामा उनीहरूलाई बिहीबार सजाय सुनाइएको हो। अष्ट्रेलियाले पनि अदालतको निर्णयलाई अस्वीकार गरेको जनाएको छ।

‘अष्ट्रेलिया सरकारले म्यानमारको सैन्य शासनद्वारा अन्यायपूर्ण रूपमा हिरासतमा राखेको १९ महिनाभन्दा बढी अवधिमा प्राध्यापक टर्नेलविरुद्ध लगाइएको आरोपलाई निरन्तर अस्वीकार गर्दै आएको छ ’, अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले भने, ‘हामी प्रोफेसर टर्नेललाई अष्ट्रेलियामा आफ्नो परिवारमा नफर्केसम्म कडा रूपमा वकालत गर्ने हरेक अवसरलाई निरन्तरता दिनेछौं। ’

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ९ : ५१ बजे

रविलाई बालेनले भने : बाढीपीडितको राहत र उद्धारमा राज्यका सबै शक्ति पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

नेपालगञ्ज– ‘छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर फोनमा

रसुवा बाढी पीडितको राहत र उद्धारमा प्रश्न उठिरहेका बेला रवि र बालेनबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी

नेप्सेमा गयो पहिरो, ४९० अंकले घट्यो निर्जीवन बीमा समूह

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीको उच्च नकारात्मक प्रभाव सेयर बजारमा

संसद् बैठक बोलाउन कार्यव्यवस्था समितिको बैठक मंगलबार बस्ने

काठमाडौं– संसद् बैठक आह्वानका लागि प्रतिनिधिसभा, कार्य व्यवस्था परामर्श समितिको