यु-१७ टोलीको बिदाई « Khabarhub

यु-१७ टोलीको बिदाई


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भियतनाममा हुने एएफसी यु १७ एसियन कप छनोट खेल्ने नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाई गरेको छ । एन्फा मुख्यालय सातदोबाटोमा शनिबार बिहान वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र नवनियुक्त कार्यसमिति सदस्य रूपेश अधिकारीले युवा टिमलाई बिदाई गरे ।

यसअघि नै मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले गत महिना श्रीलंकामा सम्पन्न साफ यु १७ च्याम्पियनसिप खेलेको टोलीमा दुई खेलाडी परिवर्तन गर्दै टोली घोषणा गरेका छन् । यसअघि टिममा रहेका मिराक लिङ्देन र प्रितम कार्कीले एएफसीय यु १७ एसियन कप छनोटका लागि घोषित टिममा स्थान बनाउन सकेनन् ।

टोलीमा श्रेयान्स मानन्धर र राम थापाले स्थान बनाउँदा अन्य २१ खेलाडी भने यथावत छन् । ५ अक्टोबरदेखि सुरु हुने प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा छ । नेपालको समूहमा घरेलु टिम भियतनाम, चाइनिज ताइपेइ र थाइल्यान्ड छन् । 

नेपालले ५ अक्टोबरमा थाइल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । ७ अक्टोबरमा हुने दोस्रो खेलमा नेपालले घरेलु टिम भियतनामको सामना गर्नेछ । यस्तै, समूह चरणको अन्तिम खेलमा नेपालले ९ अक्टोबरमा चाइनिज ताइपेइविरुद्ध खेल्नेछ ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  १२ : १६ बजे

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने