यु-१७ टोलीको बिदाई « Khabarhub

यु-१७ टोलीको बिदाई


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भियतनाममा हुने एएफसी यु १७ एसियन कप छनोट खेल्ने नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाई गरेको छ । एन्फा मुख्यालय सातदोबाटोमा शनिबार बिहान वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र नवनियुक्त कार्यसमिति सदस्य रूपेश अधिकारीले युवा टिमलाई बिदाई गरे ।

यसअघि नै मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले गत महिना श्रीलंकामा सम्पन्न साफ यु १७ च्याम्पियनसिप खेलेको टोलीमा दुई खेलाडी परिवर्तन गर्दै टोली घोषणा गरेका छन् । यसअघि टिममा रहेका मिराक लिङ्देन र प्रितम कार्कीले एएफसीय यु १७ एसियन कप छनोटका लागि घोषित टिममा स्थान बनाउन सकेनन् ।

टोलीमा श्रेयान्स मानन्धर र राम थापाले स्थान बनाउँदा अन्य २१ खेलाडी भने यथावत छन् । ५ अक्टोबरदेखि सुरु हुने प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा छ । नेपालको समूहमा घरेलु टिम भियतनाम, चाइनिज ताइपेइ र थाइल्यान्ड छन् । 

नेपालले ५ अक्टोबरमा थाइल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । ७ अक्टोबरमा हुने दोस्रो खेलमा नेपालले घरेलु टिम भियतनामको सामना गर्नेछ । यस्तै, समूह चरणको अन्तिम खेलमा नेपालले ९ अक्टोबरमा चाइनिज ताइपेइविरुद्ध खेल्नेछ ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  १२ : १६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै