‘घर जाँदै छु’ बोलको गीतको भिडियो सार्वजनिक  « Khabarhub

‘घर जाँदै छु’ बोलको गीतको भिडियो सार्वजनिक 


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैँको माहोलमा घर जाँदै छु बोलको गीतको भिडियो  सार्वजनिक गरिएको छ । डार्बिन लुगेंलीको शब्द सृजना र स्वर रहेको गीतमा रोमन बज्राचार्यको संगीत रहेको छ ।  सोनाहाङ राईको कम्पोज रहेको गीतमा लेखन र सह कम्पोजर डार्बिन लुङेली आफैँ हुन् । 

अनेकन असहज परिस्थितिमा आफूलाई सम्हालिरहँदा प्रेमिकाले पनि एक्कासि ब्रेकअप दिँदा जिन्दगीसँग विरक्तिएका युवकले ओसो आश्रमसम्म गएर मन शान्ति गरी आफ्नो गाउँ फर्किंदासम्मको कथालाई युवा निर्देशक आचार्य गोपालले कलात्मक शैलीमा तयार पारेका छन् । आफ्ना सङ्घर्षका दिनमा एउटा बेरोजगार युवाले भोग्ने परिस्थितिलाई  घर जाँदै छुमा कलात्मक शैलीमा देखाइएको छ । 

गाउँबाट शहरमा गएर गीत संगीत र कलालाई माया गर्ने युवकले झेल्ने अनेकन परिस्थितिमा मोडल मिन भण्डारीले कमालको अभिनय गरेका छन् । अमेरिकामा अभिनयको अध्ययन गरिरहेका मिनका अलावा, सहारा कोइराला , बिनोद कुमार पौडेलको पनि भिडियोमा  अभिनय देख्न  सकिन्छ । 

जसको परिकल्पना पनि आचार्य गोपालले नै गरेका हुन् भने भिडियोमा हिमाल शर्माको छायांकन,  चानस पुन मगरको सम्पादन रहेको छ ।  चित्रकला थापाको निर्माण रहेको भिडियोको सहनिर्देशन किरण बिकले गरेका हुन् । भिडियो दृश्य सिनेमाको निर्माणमा जुजु कृयसन र फ्लिकर आर्टसको सहकार्यमा तयार भएको हो । 

https://www.youtube.com/watch?v=aN_p_EKeJsU

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  १ : ४५ बजे

क्यानाडाबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार महसुलको दायरा परिवर्तन

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृ*त्यु

रुकुमपश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट एक

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक