रुसी क्षेप्यास्त्र आक्रमणमा परी युक्रेनमा ३० जनाको मृत्यु | Khabarhub Khabarhub

रुसी क्षेप्यास्त्र आक्रमणमा परी युक्रेनमा ३० जनाको मृत्यु


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनको जापोरिज्जिया शहरमा भएको रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ । रुसी फौजले प्रहार गरेको क्षेप्यास्त्रमा अरु ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

जापोरिज्जियाका क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्जेन्डर स्टारुखले सामाजिक सञ्जाल टेलिग्राममा भनेका छन्, ‘दुश्मनले जापोरिज्जियाबाट बाहिरिने बाटोमा सर्वसाधारण चढेको सवारी लस्करमा रकेट आक्रमण गरेका छन् ।’

युक्रेनको राष्ट्रिय प्रहरी प्रमुख इहोर क्लाइमेन्कोलाई उद्धृत गर्दै सीएनएनले उक्त आक्रमणमा मारिनेमा ११ वर्षीया बालिका १४ वर्षीय बालक समेत रहेको जनाएको छ ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार औपचारिक रूपमा डोनेट्स्क, लुहान्स्क, खेर्सन र जापोरिज्जियालाई रुसमा विलयको घोषणा गर्दै सो निर्णय लाखौं मानिसहरूको इच्छा रहेको बताएका थिए ।

मिडिया रिपोर्टका अनुसार पुटिनले चारवटा क्षेत्रका बासिन्दाहरू अब रुसका वास्तविक नागरिक हुने बताएका छन् । राष्ट्रपतिले अब नयाँ क्षेत्रको रक्षा गर्ने दायित्व रुसको रहेको बताएका छन् ।

उनले जनमत सङ्ग्रहको नतिजालाई ‘लाखौं जनताको इच्छा’ पनि भनेका छन् । गत फेब्रुअरी २४ यता रुसले युक्रेनमाथि आक्रमणलाई जारी राखेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ६ : ०३ बजे

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा