नलगाड नगरपालिकाद्वारा विपन्नलाई खाद्यान्न सहयोग « Khabarhub

नलगाड नगरपालिकाद्वारा विपन्नलाई खाद्यान्न सहयोग


१५ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जाजरकोटको नलगाड नगरपालिकाले अतिविपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । अर्थावस्था अत्यन्तै कमजोर रहेका बादी र अन्य विपन्न समुदायलाई नजिकिँदै गरेको चाड दसैँलाई मध्यनजर गर्दै खाद्यान्न वितरण गरिएको हो ।

नलगाडका विपन्न बादी र अन्य ५० परिवारलाई एक बोरा चामल, एक लिटर तेल र दुई किलो दाल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए । आर्थिक अभावका कारण घरमा चुल्हो बल्न धौधौ परेका ती विपन्न परिवारलाई थोरै भए पनि चाडवाड मनाउन सहज होस् भनेर खाद्यान्न सहयोग गरिएको अधिकृत गिरीले बताए ।

दल्लीस्थित बादी समुदायले माछा मारेर दैनिक घर खर्च चलाउँदै आएको छ । अधिकांशको आफ्नै जग्गा नभएका कारण अस्थायीरूपमा बस्दै आएका छन् । पालिकाले विभिन्न सीपमूलक तालिम दिएर पनि रोजगारी सिर्जना गर्न बादी समुदायलाई सहायता गर्दै आएको छ ।

दैनिक ज्याला मजदुरी गरेर छाक टार्टे बादी समुदायलाई पालिकाले समय–समयमा आर्थिक सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ७ : ५० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने