सेखुवामा मध्यपहाडी लोकमार्ग भासियो « Khabarhub

सेखुवामा मध्यपहाडी लोकमार्ग भासियो


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित पुष्पलाल मध्यपहाडी लोकमार्ग भासिएको छ। दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्ड अन्तरगत बाँझेच्यानडाँडाको सेखुवामा मध्यपहाडी लोकमार्गको करिब ६० देखि ८० मिटर खण्ड भासिएको हो। कालोपत्रे सडक भासिएपछि रोडा थुपारेर सवारी साधन आवत–जावतको प्रवन्ध मिलाइएको छ।

२०७२ सालको भूकम्पले सामान्य चर्किएको सडक २०७८ सालको वर्षामा करिब १०–२० सेन्टिमिटर भासिएको थियो। यसपल्टको वर्षामा भने करिब एक मिटर सडक भासिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय काभ्रेपलाञ्चोकका सुपरभाइजर प्रदीप राईले बताए।

सडक भासिने क्रम रोकिएको छैन। “वर्ष दिनअघि पनि सडक सामान्य चलेको थियो। हिउँदमा रोडा हालेर पेलेर मर्मत गरिएको थियो,” राईले भने, “यसपल्ट करिब एक मिटर भासिएको छ। भूकम्पले सडक चर्किएको थियो। झरी पर्न थालेपछि दव्न थालेको हो।”

भासिएको सडकको डिलतर्फको भाग पनि पहिरोको रुपमा भत्किएको छ। माथिल्लो सडक भासिएपछि सोही सडकको तल्लो टर्निङका सडकलाई समेत असर पर्ने देखिएको छ।

चाडवाडलाई मध्यनजर गर्दै पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयले दशैंअघि सेखुवा–चखेवाभञ्ज्याङ खण्ड मर्मत गरेको थियो।

कालोपत्रेको ठेक्का लिने निर्माण व्यवसायी नै सम्पर्क विहिन बनेपछि आफैले मर्मत गर्नुपरेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय काभ्रेपलाञ्चोकका सव-इन्जिनियर केशव पौडेलले बताए।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ९ : २३ बजे

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का