आगामी बुधबार काठमाडौँ महोत्सव हुँदै « Khabarhub

आगामी बुधबार काठमाडौँ महोत्सव हुँदै


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य सङ्घले यही माघ १४ देखि १७ गतेसम्म भृकुटीमण्डपमा ‘काठमाडौँ महोत्सव तथा व्यापार मेला’ आयोजना गर्ने भएको छ । 

महोत्सवका माध्यमबाट स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको सङ्घका अध्यक्ष दिनेश श्रेष्ठले बताए । 

महोत्सवमा २०० भन्दाबढी अत्याधुनिक तथा व्यवस्थित व्यावसायिक ‘स्टल’मा स्थानीय तथा राष्ट्रिय उत्पादन र सेवाको प्रदर्शनी गरिनेछ । साथै हस्तकला, मूर्तिकला तथा पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम पनि समावेश गरिएका छन् । 

उनले लघु, घरेलु, साना तथा मझौला उद्योगलाई आफ्ना उत्पादनको बजारीकरण गर्न मेला उपयोगी हुने बताए । 

काठमाडौं महानगरपालिका र उपत्यकाभित्रका छ वटा पालिकाका सबै वडाका मौलिक उत्पादन पनि महोत्सवमा प्रदर्शन गरिने छन् ।
 

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ५ : ११ बजे

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग