छविलाल र घनश्यामबीच रोचक प्रतिष्पर्धा | Khabarhub Khabarhub

छविलाल र घनश्यामबीच रोचक प्रतिष्पर्धा


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

बुटवल– केही समयअघिसम्म एउटै पार्टीमा सहयात्री रहेका एमाले सचिव छविलाल विश्वकर्मा र पूर्वएमाले नेता घनश्याम भुसाल अहिले एकअर्काका प्रतिष्पर्धा छन् । एउटै पार्टी कमिटीमा काम गरेका उनीहरू अहिले भने एक अर्काको आलोचनामा सबभन्दा बढी समय बिताउने गरेका छन् ।

रूपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार बनेका घनश्याम भुसालले एमालेले प्रतिस्पर्धी उम्मेदवार छविलालमाथि तीखो टिप्पणी गर्दै चुनाव प्रचार गरिरहेका छन् भने विश्वकर्माले भुसालमाथि राजनीतिक चरित्र नभएको र पार्टी छाड्दै हिँड्नेको कुनै विश्वास नहुने भन्दै मत मागिरहेका छन् ।

एमालेको नवौँ महाधिवेशनबाट घनश्याम भुसाल उपमहासचिवमा निर्वाचित हुँदा छविलाल विश्वकर्मा स्थायी कमिटी सदस्य थिए । गतवर्ष चितवनमा सम्पन्न १० औं महाधिवेशनमा विश्वकर्मा सचिवमा निर्विरोध निर्वाचित भए भने भुसाल उपाध्यक्षमा पराजित भए । पराजित भए पनि स्थायी कमिटीमा पुगे । भुसाल र विश्वकर्माको अर्को संयोग के भने २०६५ सालमा बुटवलमा सम्पन्न एमालेको आठौं महाधिवेशनबाट उनीहरू दुवैजना पहिलोपटक केन्द्रीय सदस्यमा निर्वाचित भएर सँगै पोलिटब्यूरोमा उक्लिएका थिए । 

एमालेमा लामो समय एउटै कमिटीमा रहेर काम गरेका विश्वकर्मा अहिले एमालेका सचिव छन् भने भुसालले टिकट नपाएकै कारण एमाले छाडेर गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका छन् । एमालेका विश्वकर्मालाई जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थन छ । एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका भुसाललाई सत्तागठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले समर्थन गरेका छन् । भुसाल र विश्वकर्माको रोचक प्रतिस्पर्धा सत्तागठबन्धन र विपक्षी गठबन्धनका कारण थप रोचक बनेको छ ।

पृष्ठभूमि फरक भए पनि एउटै पार्टीबाट राष्ट्रिय राजनीतिमा स्थापित दुई नेता आमनेसामने बन्दा रुपन्देही–१ का मतदाताहरू भने अलमलमा परेका छन् । यही क्षेत्रमा पर्ने देवदहका मतदाता लक्ष्मण न्यौपानेले दुवै नेताका आ-आफ्नै विशेषता भएकाले अलमलमा परेको बताए । ‘उहाँहरूबीच कडा प्रतिस्पर्धा कडा हुने देखिन्छ’ उनले भने, ‘स्थानीय तह निर्वाचनको गणितले विश्वकर्माको पल्लाभारी देखिन्छ।’

स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतअनुसार भुसाललाई सघाएको सत्तागठबन्धन भन्दा एमाले, जसपा र राप्रपाको गठबन्धन करिब १० हजार मतले अगाडि छ । रुपन्देही–१ मा देवदह नगरपालिका, तिलोत्तमा नगरपालिकाका ७, ८, ९, १०, ११, १२, १५, १६ र १७ नम्बर वडा, ओमसोतिया र रोहिणी गाउँपालिका पर्छन् ।  

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा रुपन्देही–१ बाट माओवादी केन्द्रका घनश्याम यादव निर्वाचित भएका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका अब्दुल रज्जाक विजयी भए । त्यसबेला रज्जाकका निकटतम प्रतिद्वन्द्वी छविलाल विश्वकर्मा नै थिए । २०७४ मा वामगठबन्धनबाट एमालेका विश्वकर्मा विजयी हुँदा कांग्रेस निकटतम प्रतिद्वन्द्वी थियो ।

यो क्षेत्रमा कांग्रेस बलियो शक्ति मानिन्छ । कांग्रेसबाहेक एमालेबाट आफूलाई ‘क्रस’ हुनसक्ने मत र माओवादी केन्द्रको मतबाट जित निकाल्न भुसाल प्रयत्नरत छन् । यहीकारण पछिल्लो समय भुसालको सम्बन्ध रुपन्देही–३ बाट उम्मेदवार रहेका कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाणसँग बाक्लिएको छ । 

प्रतिनिधिसभामा कांग्रेसको उम्मेदवार नभएकाले कांग्रेसले पाउने सबै मत आफूतिर तान्न भुसालको प्रमुख जोड छ । मार्क्सवादका व्याख्यामा आफूलाई केन्द्रित गर्दै आएका भुसालले स्थानीय समस्या र कार्यकर्ताको गुनासोलाई ध्यान नदिएको गुनासो छ, त्यसले उनलाई चुनौती थप्न सक्छ । 

एमाले उम्मेदवार विश्वकर्मा स्थानीय तह निर्वाचनको मतका आधारमा बलियो देखिए पनि स्थानीय निर्वाचनमा जसपा र राप्रपाले पाएको सबै मत उनलाई आउन कठिन छ । भुसाल २०७४ मा रुपन्देही क्षेत्र नम्बर ३ मा एमालेबाट चुनाव लडेका थिए । राप्रपाका नेता बोहोरा र भुसालबिच प्रतिस्पर्धा हुँदा भुसालले फराकिलो मतान्तरले जितेका थिए । भुसालले ३२ हजार ८६६ मत ल्याउँदा बोहराले २७ हजार ४२२ मत पाएका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ११ : ०५ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ