सुन आयातमा गिरावट « Khabarhub

सुन आयातमा गिरावट


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले गर्दै आएको सुन आयातमा गिरावट आएको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपाल भित्रने सुनमा गिरावट आएको हो । आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ८२३.७८ केजी सुन र सुनका गहना आयात गरेको भन्सार विभागले जनाएको छ । 

उक्त सुन र सुनका गहना आयात गर्दा नेपालबाट ६ अर्ब २८ करोड ६ लाख ५१ हजार रुपैयाँ बाहिरिएको विभागको तथ्यांकले देखाउँछ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले ८५६.२२ केजी कम सुन आयात गरेको छ । 

अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा नेपालले ५ अर्ब ८ करोड १५ लाख १२ हजार रुपैयाँ कमको सुन आयात गरेको हो । 

विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ११ अर्ब ३६ करोड २१ लाख ६३ हजार रुपैयाँको १ हजार ६८० केजी सुन र सुनका गहना आयात गरेको थियो ।

पछिल्लो तीन महिनामा नेपालले युनाइटेड अरब इमिरेट्सबाट ४ अर्ब ६१ लाख ८६ हजार रुपैयाँ, टर्कीबाट १ अर्ब ८ करोड २ लाख ७९ हजार रुपैयाँ र स्वीट्जरल्याण्डबाट ७० करोड ९९ लाख ६६ हजार रुपैयाँको सुन आयात गरेको छ ।  

यस्तै सोही अवधिमा क्यानडाबाट ४ करोड २४ लाख ६० हजार रुपैयाँ, हङकङबाट ३१ करोड ७४ लाख ७५ हजार रुपैयाँ, जापानबाट ४ करोड ३८ लाख २४ हजार रुपैयाँ, कतारबाट ८२ लाख ३६ हजार रुपैयाँ र बेलायतबाट ५ करोड २४ लाख ४४ हजार रुपैयाँको सुनका गहना नेपाल भित्रिएका छन् । 

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १२ : ३७ बजे

आगामी बुधबार काठमाडौँ महोत्सव हुँदै

काठमाडौं– नेपाल उद्योग वाणिज्य सङ्घले यही माघ १४ देखि १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

‍काठमाडौं– निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ

श्रीकृष्ण बेभरेजको पिउने पानीमा भेटियो एमोनिया 

काठमाडौं– काठमाडौं उपत्यकामा वितरण हुँदै आएको जारको पिउने पानीमा  मानव स्वास्थ्यका

सर्वोच्चको कारण देखाउ आदेशसँगै रेशम चौधरीले चुनाव लड्न नपाउने

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले फागुन २१

रास्वपा बारा ३ का क्षेत्रीय उपसभापति अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश

सिमरा- बारा क्षेत्र नं. ३ स्थित राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय