सुन आयातमा गिरावट « Khabarhub

सुन आयातमा गिरावट


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले गर्दै आएको सुन आयातमा गिरावट आएको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपाल भित्रने सुनमा गिरावट आएको हो । आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ८२३.७८ केजी सुन र सुनका गहना आयात गरेको भन्सार विभागले जनाएको छ । 

उक्त सुन र सुनका गहना आयात गर्दा नेपालबाट ६ अर्ब २८ करोड ६ लाख ५१ हजार रुपैयाँ बाहिरिएको विभागको तथ्यांकले देखाउँछ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले ८५६.२२ केजी कम सुन आयात गरेको छ । 

अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा नेपालले ५ अर्ब ८ करोड १५ लाख १२ हजार रुपैयाँ कमको सुन आयात गरेको हो । 

विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ११ अर्ब ३६ करोड २१ लाख ६३ हजार रुपैयाँको १ हजार ६८० केजी सुन र सुनका गहना आयात गरेको थियो ।

पछिल्लो तीन महिनामा नेपालले युनाइटेड अरब इमिरेट्सबाट ४ अर्ब ६१ लाख ८६ हजार रुपैयाँ, टर्कीबाट १ अर्ब ८ करोड २ लाख ७९ हजार रुपैयाँ र स्वीट्जरल्याण्डबाट ७० करोड ९९ लाख ६६ हजार रुपैयाँको सुन आयात गरेको छ ।  

यस्तै सोही अवधिमा क्यानडाबाट ४ करोड २४ लाख ६० हजार रुपैयाँ, हङकङबाट ३१ करोड ७४ लाख ७५ हजार रुपैयाँ, जापानबाट ४ करोड ३८ लाख २४ हजार रुपैयाँ, कतारबाट ८२ लाख ३६ हजार रुपैयाँ र बेलायतबाट ५ करोड २४ लाख ४४ हजार रुपैयाँको सुनका गहना नेपाल भित्रिएका छन् । 

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १२ : ३७ बजे

लेबनानसँग कुनै युद्धविराम लागू भएको छैन : इजरायली प्रधानमन्त्री नेतन्याहु

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानसँग कुनै पनि प्रकारको युद्धविराम लागू नभएको स्पष्ट

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००