सुत्केरी हुन नसकेर युवतीको मृत्यु « Khabarhub

सुत्केरी हुन नसकेर युवतीको मृत्यु


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

हुम्ला– गत असोजमा चार दिनदेखि उच्च रक्तस्रावले छटपटाइरहेकी सर्केगाड गाउँपालिका-७ की २४ वर्षीया पवित्रा शाही छत्यालको मृत्यु भएकाे छ । स्वास्थ्य संस्थामा औषधि उपचार हुन नसकेपछि उनको गाउँमै मृत्यु भएको हो ।

सरकारले कर्णालीका दुर्गम क्षेत्रका लागि एयरलिफ्टिङ हवाई एम्बुलेन्स दिने व्यवस्था गरे पनि उनको सुविधा सम्पन्न अस्पतालमा नपुगी मृत्यु भयो । यसैगरी हुम्लाको अदानचुली गाउँपालिका-५ काँखे गाउँकी २० वर्षीया रङ्गिता शाहीको पनि सुत्केरी हुन नसकेर मृत्यु भएको छ ।

स्वास्थ्य संस्था पुग्न ६ घण्टा लाग्ने भएपछि सुत्केरी हुन नसकेर शाहीको मृत्यु भएको आफन्त बलबहादुर शाहीले गुनासो गरे । गाउँबाट स्वास्थ्य संस्थासम्म पुर्‍याउन नसक्दा मृत्यु भएको बलबहादुरको भनाइ छ । हुम्लामा यातायातको समस्या छ । हवाई यातायातको विकल्प छैन तर जहाजको टिकट पाउन मुस्किल हुने गर्छ । 

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ३ : ४२ बजे

भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

काठमाडौं– भोटेकोशी र त्रिशूली बाढीबाट क्षति भएका जलविद्युत् आयोजना पुनःनिर्माणमा

सेयर बजारमा गिरावट, कतिले घट्यो नेप्से ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४

आणविक निशस्त्रीकरणका लागि वार्तामा फर्कन गुटेरेसको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारमुक्त विश्व निर्माणका

दसैँ–तिहारमा हवाई भाडा बढाएको भन्दै रास्वपा सांसदको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा

प्रतिनिधिसभामा सांसदले उठाए यी विषय

काठमाडौं- प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले बाढीपहिरोबाट भएको क्षति, बेपत्ता