संविधान रक्षा गर्ने दायित्व नभुल्न गृहमन्त्री खाणको आग्रह « Khabarhub

संविधान रक्षा गर्ने दायित्व नभुल्न गृहमन्त्री खाणको आग्रह


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले केही राजनीतिक दलहरू जनताको लामो सङ्घर्ष र बलिदानपश्चात् संविधानसभाबाट बनाइएको संविधान रक्षा गर्ने दायित्व नभुल्न आग्रह गरेका छन् । सत्ता गठबन्धन रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका मन्त्री खाणले आज भैरहवामा आयोजित कार्यक्रममा सार्वभौमसत्ता जनतामा निहित हुने व्यवस्था उल्ट्याउने षड्यन्त्र भइरहेको सन्देह गर्दै त्यसलाई चिर्न आवश्यक रहेको बताए ।

जनप्रतिनिधिले बनाएको संविधान संसदमा दुई तिहाइ मतले संशोधन गर्न सकिने भए पनि जनआन्दोलनको मर्म र भावनाविपरीत संविधानलाई नै धरापमा पारेर प्रतिगमनलाई मलजल गर्नु गलत भएको मन्त्री खाणको तर्क छ ।

“संविधान विरोधीप्रति सचेत हुन र निर्वाचनमार्फत त्यस्तो रणनीतिमा लाग्ने शक्तिलाई परास्त गर्न आमनागरिकलाई आग्रह गर्दछु ।” उनले भने, “निर्वाचनमा होमिएका केही दलहरुको संसदमा उपस्थिति नै नगन्य हुन्छ, ती दलबाट कसरी विकास र समृद्धिको जनताले आशा गर्ने ? कसरी विश्वास गर्ने ?”

आगामी निर्वाचनपछि सत्ता गठबन्धनको सरकार बन्ने बताउँदै उनले भने, “पाँच दलीय गठबन्धनको त अहिले पनि सरकार छ, भोलि निर्वाचनपछि पनि हुन्छ, यही गठबन्धनले विकास गर्छ, जनचाहनाअनुसार काम गर्छ ।”

लामो सङ्घर्षपश्चात् ल्याएको व्यवस्थामा नागरिकको अवस्था परिवर्तन गर्न कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमोर्चाबीच गठबन्धन गरेर निर्वाचनमा होमिएको बताउँदै गृहमन्त्री खाणले निर्वाचनपछि बन्ने गठबन्धन सरकारले नागरिकको अवस्था परिवर्तन गर्ने रणनीतिक योजना ल्याउने बताए । मुलुकमा शान्ति, स्थिरता, सुशासन र विकास एउटै दलले बहुमत ल्याएर गर्न अप्ठ्यारो पर्ने भएकाले गठबन्धन गरेर निर्वाचनमा होमिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ६ : ४२ बजे

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

औद्योगिक फोहोर पानी निष्कासन नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं– सरकारले जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण

बडीमालिकामा फोर-जी सेवा विस्तार

काठमाडौं– धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा

सदनबाट विपिन र अमरेशले घेरे आफ्नै सरकारलाई

काठमाडौं- बारामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई