गृहजिल्ला जान प्रधानमन्त्री देउवाले लिए निर्वाचन आयोगसँग सहमति « Khabarhub

गृहजिल्ला जान प्रधानमन्त्री देउवाले लिए निर्वाचन आयोगसँग सहमति


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो निर्वाचन क्षेत्र (डडेल्धुरा) जान निर्वाचन आयोगसँग सहमति लिएका छन् ।

मंगलबार आयोगलाई निवेदन लेख्दै प्रधानमन्त्री देउवाले आफ्नो निर्वाचन क्षेत्रमा जानका लागि अनुमति लिएका हुन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि हुने विभिन्न चुनावी कार्यक्रममा सहभागी हुनका लागि उनले अनुमति मागेको बताइएको छ । गृहजिल्ला जाँदा उनले कुन साधन प्रयोग गर्ने भन्नेबारे भने केही खुलाइएको छैन ।

प्रधानमन्त्री देउवाले १७ देखि २० कात्तिकसम्म डडेल्धुरा हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउने छन् ।

यसअघि देउवा स्थानीय निर्वाचनको प्रचारका लागि डडेल्धुरा पुगेका थिए । त्यसयता भने उनी गृहजिल्ला पुगेका छैनन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ७ : ३८ बजे

पूर्वगृहमन्त्री लेखकमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं– भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्व

आइतबारसम्म सम्झौता नभए आन्दोलन गर्छौं : दुर्गा प्रसाईं

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक

निकोलस भुसाल र हरिश विष्टको जीवनरक्षा गरियोस् : राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौं– विगत १० दिनदेखि काठमाडौंको माइतीघरमा आमरण अनशनमा रहेका डा.

भोटखोलास्थित सीमा स्तम्भ निरीक्षण

किमाथांका – सङ्खुवासभाको जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१, किमाथांका नाकास्थित

सुदूरपश्चिम प्रदेशसभा : दलित सशक्तीकरण विधेयकमाथि छलफल

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘दलित सशक्तीकरण ऐन २०७८ लाई