स्वास्थ्य बीमा दाबी भुक्तानीसम्बन्धी प्रक्रिया कडाइका साथ पालना गर्न बोर्डको निर्देशन  « Khabarhub

स्वास्थ्य बीमा दाबी भुक्तानीसम्बन्धी प्रक्रिया कडाइका साथ पालना गर्न बोर्डको निर्देशन 


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी भुक्तानीसम्बन्धी प्रक्रिया थप कडाइका साथ पालना गर्न निर्देशन दिएको छ । 

बोर्डले दाबी माग खर्च समिति मार्फत पुनरावलोकन गर्ने व्यवस्थालाई प्रभावकारी बनाउँदै पूर्वस्वीकृति बिना दाबी भुक्तानी नहुने स्पष्ट गरेको हो ।

स्वास्थ्य बीमा बोर्डले जारी गरेको सूचनाअनुसार स्वास्थ्य बीमा नियमावली, २०८० तथा त्यसअनुसार तय गरिएको दाबी दर्ता र मूल्याङ्कन प्रक्रियाअनुसार सेवा प्रदायक स्वास्थ्य संस्थाले दाबी पेश गर्नु अघि अनिवार्य रूपमा बोर्डको स्वीकृति लिनुपर्नेछ । यस व्यवस्थाको उद्देश्य दाबी मूल्याङ्कन प्रक्रियालाई वैज्ञानिक, पारदर्शी र प्रभावकारी बनाउने रहेको बोर्डले जनाएको छ ।

सूचनामा उल्लेख गरिएअनुसार तोकिएको मापदण्ड र प्रक्रियाअनुसार पूर्वस्वीकृति नलिई सेवा प्रदान गरी पेश गरिएका दाबीहरू भुक्तानीयोग्य हुनेछैनन् । साथै, दाबी माग खर्च समितिको निर्णयअनुसार मात्रै दाबी भुक्तानी प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ ।

स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई प्रचलित नियम, मापदण्ड तथा प्रक्रियाको पूर्ण पालना गर्न आग्रह गर्दै, अन्यथा मापदण्ड विपरीतका दाबीहरू अस्वीकृत हुने जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ६ : ३१ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा