अफगान र पाकिस्तानी सुरक्षाकर्मीबीच सीमाक्षेत्रमा गोली हानाहान, एक महिलाको मृत्यु « Khabarhub

अफगान र पाकिस्तानी सुरक्षाकर्मीबीच सीमाक्षेत्रमा गोली हानाहान, एक महिलाको मृत्यु


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तान र पाकिस्तानका सुरक्षाकर्मीबीच सीमाक्षेत्रमा भएको झडपमा परी एक अफगान महिलाको मृत्यु भएको छ ।

दक्षिणी अफगानिस्तानको कन्दाहार प्रान्तस्थित स्पिन बोल्दाक क्षेत्रमा भएको झडपमा परी अफगान महिलाले ज्यान गुमाएको अफगान समाचार संस्था खामाप्रेसले जनाएको छ । पाकिस्तानी सुरक्षाकर्मीको गोली लागी महिलाले ज्यान गुमाएको अफगानिस्तानमा शासन गरिरहेको तालिबानका प्रहरी अधिकारी मौलबी महमुदले जानकारी दिएका छन् ।

झडपका क्रममा दुबै पक्षबाट भारी हतियारको प्रयोग भएको जनाइएको छ । स्पिन बोल्दाक सहरका प्रहरी प्रमुख महमुदका अनुसार पाकिस्तानी पक्षले गोली प्रहार थालेपछि जवाफमा अफगान सुरक्षा बलले पनि गोली प्रहार गरेका थिए ।

घटनामा एक जना महिला मारिएको बाहेक कुनै विवरण सार्वजनिक नभएको जनाइएको छ ।

पछिल्लो समय पाकिस्तानी सेना र तालिबानबीचको सम्बन्धमा चिसोपन उत्पन्न हुन थालेको विश्लेषणबीच दुई पक्षबीच सीमा क्षेत्रमा गोली हानाहान भएको हो ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ८ : ०० बजे

पोखरामा फेवा महोत्सवको रौनक (तस्बिरहरू)

काठमाडौं– नयाँ वर्ष २०८३ सालको स्वागतका लागि पोखरामा फेवा महोत्सव

आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू)

काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली  देशहरूमा इन्धन

इरान युद्धमा अमेरिका-बेलायत मतभेद, मन्त्री भन्छन् : ट्रम्प सधैँ भड्किलो र विवादित कुरा लेख्छन्

काठमाडौं- बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रीटिङ्गले इरानसँगको युद्धमा संलग्न नहुने

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप

वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिटै डिजिटल रुपमा