बिजुली बसको यान्त्रिक परीक्षण सफल | Khabarhub Khabarhub

बिजुली बसको यान्त्रिक परीक्षण सफल


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

बुटवल – लुम्बिनी विकास कोषद्वारा दसैँको अवसर पारेर सञ्चालित ‘धम्म यात्रा’ बिजुली बसको यान्त्रिक परीक्षण सफल भएको छ । एसियाली विकास बैंकले लुम्बिनीलाई प्रदूषणमुक्त बनाउनका लागि पाँच बस र १४ भ्यान कोषलाई उपलब्ध गराएको थियो ।

दसैँ, तिहार र छठ पर्वसम्म सञ्चालन गरिएको यान्त्रिक परीक्षण सफल भएको लुम्बिनी विकास कोषका सदस्य तथा परीक्षण इकाई समितिका संयोजक विश्व पौडेलले जानकारी दिए । उनका अनुसार गत असोज १३ देखि कात्तिक १३ गतेसम्म बौद्ध परिपथका क्षेत्रबाट २० हजार दुई सय ३६ यात्रुले निःशुल्क धम्म यात्रा बिजुली बसको सेवा लिएका थिए । छ रुटमा पाँच बसमार्फत पाँच सय २७ पटक बस सञ्चालन हुँदा १६ हजार तीन सय ८४ किलोमिटर यात्रा गरेको कोषले जनाएको छ ।

यान्त्रिक परीक्षण इकाई समितिका अनुसार लुम्बिनी–बेलहिया रुटमा सबैभन्दा बढी एक सय ६० पटक बस चल्दा पाँच हजार सात सय ८३ यात्रुले निःशुल्क बिजुली बसको सेवा लिएका थिए । लुम्बिनी–तिलौराकोट रुटमा एक सय ३१ पटक बस चल्दा पाँच हजार ७२, लुम्बिनी–रामग्राम रुटमा ४८ पटक बस चल्दा दुई हजार दसई सय ७० तथा लुम्बिनी–बुटवलमा ४६ पटक बस चल्दा एक हजार तीन सय ४६ यात्रुले सेवा लिएको पौडेलले बताए ।

बसको यान्त्रिक अवस्था, चार्जिङ जस्ता प्राविधिक पक्षको परीक्षण गर्दा सफल देखिएको कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए । उनले आवश्यक प्रक्रिया पूरा गरेर कोषले बसलाई व्यावसायिक रुपमा सञ्चालनका लागि तयारी गरेको बताए । उक्त धम्म यात्रा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यलय रुपन्देहीको संयोजनमा नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीले चालक र सहयोगी उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ८ : ११ बजे

आज २०८२ साल साउन ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ९ गते शुक्रबार। साउन

६ किलोग्राम चरेशसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले छ किलोग्राम चरेशसहित एक जनालाई पक्राउ

रेस्लिङ सुपरस्टार हल्क होगनको निधन

काठमाडौं – रेस्लिङ सुपरस्टार हल्क होगनको निधन भएको छ ।

तराईमा खडेरी : तत्काल वैकल्पिक व्यवस्था गर्न माग

काठमाडौं – विभिन्न राजनीतिक दलका नेताहरुले मधेस प्रदेशका आठ जिल्लामा

साम्बालाई मर्स्याङ्दी गाउँपालिकाको सम्मान

लमजुङ – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड