बिजुली बसको यान्त्रिक परीक्षण सफल « Khabarhub

बिजुली बसको यान्त्रिक परीक्षण सफल


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

बुटवल – लुम्बिनी विकास कोषद्वारा दसैँको अवसर पारेर सञ्चालित ‘धम्म यात्रा’ बिजुली बसको यान्त्रिक परीक्षण सफल भएको छ । एसियाली विकास बैंकले लुम्बिनीलाई प्रदूषणमुक्त बनाउनका लागि पाँच बस र १४ भ्यान कोषलाई उपलब्ध गराएको थियो ।

दसैँ, तिहार र छठ पर्वसम्म सञ्चालन गरिएको यान्त्रिक परीक्षण सफल भएको लुम्बिनी विकास कोषका सदस्य तथा परीक्षण इकाई समितिका संयोजक विश्व पौडेलले जानकारी दिए । उनका अनुसार गत असोज १३ देखि कात्तिक १३ गतेसम्म बौद्ध परिपथका क्षेत्रबाट २० हजार दुई सय ३६ यात्रुले निःशुल्क धम्म यात्रा बिजुली बसको सेवा लिएका थिए । छ रुटमा पाँच बसमार्फत पाँच सय २७ पटक बस सञ्चालन हुँदा १६ हजार तीन सय ८४ किलोमिटर यात्रा गरेको कोषले जनाएको छ ।

यान्त्रिक परीक्षण इकाई समितिका अनुसार लुम्बिनी–बेलहिया रुटमा सबैभन्दा बढी एक सय ६० पटक बस चल्दा पाँच हजार सात सय ८३ यात्रुले निःशुल्क बिजुली बसको सेवा लिएका थिए । लुम्बिनी–तिलौराकोट रुटमा एक सय ३१ पटक बस चल्दा पाँच हजार ७२, लुम्बिनी–रामग्राम रुटमा ४८ पटक बस चल्दा दुई हजार दसई सय ७० तथा लुम्बिनी–बुटवलमा ४६ पटक बस चल्दा एक हजार तीन सय ४६ यात्रुले सेवा लिएको पौडेलले बताए ।

बसको यान्त्रिक अवस्था, चार्जिङ जस्ता प्राविधिक पक्षको परीक्षण गर्दा सफल देखिएको कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए । उनले आवश्यक प्रक्रिया पूरा गरेर कोषले बसलाई व्यावसायिक रुपमा सञ्चालनका लागि तयारी गरेको बताए । उक्त धम्म यात्रा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यलय रुपन्देहीको संयोजनमा नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीले चालक र सहयोगी उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ८ : ११ बजे

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर